परवल एक औषधी ,,,


परवल थोरै मानिसलाई मन पर्नसक्छ । तर यसले धेरै रोगको औषधिको काम गर्छ । परवल खानाले कफ, खोकी, कुष्ठरोग, ज्वरोजस्ता समस्याबाट मुक्ति दिलाउन मद्दत गर्छ ।
स्वास्थ्यमा फाइदा
ज्वरो-बिहान बेलुका परवलको झोल पिउनाले ज्वरो आउँदा आराम मिल्छ ।
सुख्खा कफ-सुख्खा कफका कारण सास फर्ेन समस्या हुन्छ । यस्तो बेला हरेक दिन बिहान परवलको काढामा मह मिलाएर पिउनाले कफ सजिलै बाहिर निस्कन्छ ।
शरीर पोल्ने-शरीर पोलेको कम गर्न परवलको पात र धनियाँको काढा बनाउने । यसलाई बिहान पिउने । परवलको रसले शरीर मालिस गर्ने । यसले शरीर पोलेको चाँडै हराउँछ ।
जन्डिस-बिहान बेलुका परवलको क्वाथ पिउनाले जन्डिस र अन्य पेटसम्बन्धि रोगका लागि लाभदायक मानिन्छ ।
पेटमा किरा-१० ग्राम परवलको पात १० ग्राम धनियाँ १ सय ग्राम पानीमा रातभर भिजाउने । बिहान यसलाई छानेर दिनमा तीनपटक पिउनाले पेटको किरा मर्छन् र पेट दुःख्ने समस्या पनि हुँदैन ।
शौर्न्दर्यमा फाइदा
करेलाजस्तै परवलले पनि रगत शुद्धिको काम गर्छ । यसले छालासम्बन्धि समस्या हुँदैन ।
परवलको नियमित सेवन गर्नाले स्किन एलर्जीबाट छुटकारा दिलाउँछ ।
दाज भएको ठाउँमा परवलकेा पातको रस लगाउनाले यो पूरै ठीक हुन्छ ।

No comments:

| Copyright © 2013 khabar chautari