मिर्गौला खराब हुनु लाग्दाको लक्षणहरु जानी राखौं सबैलै सचेत गराउ यो रोगको लक्षणहरु यस प्रकार रहेका छन् । १. मिर्गौला खराब हुनु लाग्दा बाराम्बार पिसाव आइरहन्छ । रातको समयमा झनै बढि हुने गर्छ । २.पिसाप गर्ने बेला निकै पीडा हुने गर्छ । दुखाईका कारण पिसाव नहुने पनि हुनसक्छ । ३. पिसावबाट रगत वा साबुनको फिँज जस्तो आयो भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्न स्वास्थ्य विषेशज्ञहरुले बताएका छन् । ४.मिर्गौलामाबाट हाम्रो शरिरलाई नचाहिने अनावश्यक विकारहरु बाहिर जान पाउँदैन । त्यसपछि ट्यूमरको रुप लिने गर्दछ । मिर्गौलाको भागमा दुख्ने र सुन्निने वा पेट फुल्ने समस्या हुन्छ । ५ं किड्नीको खराबीले गर्दा व्लडमा अक्सीजन प्रवाह हुन पाउँदैन । त्यसले गर्दा शरीर थकान र कमजोरी महसुस हुने गर्दछ । ६. मिर्गौलामा भएको समस्याले गर्दा शरीरको टक्सीस बाहिर आउन पाउँदैन । त्यसले हाम्रो छालामा समेत असर ल्याउन सक्छ । ७. मिर्गौलामा समस्या भएपछि रगतमा यूरियाको लेवल बढ्ने हुनाले त्यसले मुख गनाउने समस्या देखिन्छ । ८. मिर्गौलामामा समस्या आएपछि रगतमा पानी र नुनको मात्रा बढ्ने गर्छ । जसले ब्लड प्रेशर बढ्ने गर्छ । ९. शरीरको बिकास बस्तु बाहिर निस्कन नपाएपछि हमेसा टाउको दुखिरहेने, उल्टी आउने हुन्छ । १०. यो मिर्गौलाको विरामीको आम लक्षण हो । शरीरको सम्पूर्ण जोर्नीहरु दुख्छ ।
हाड : दूध र दुग्धजन्य उत्पादन क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र प्रोटिनका स्रोत हुन्, जुन हड्डी वृद्धि र विकासका लागि अनिवार्य छन् । बाल्यकालदेखि नै आवश्यकमात्रामा दुध र दुग्धजन्य उत्पादन उपभोग गर्नाले हड्डी मजबूत हुनाको साथै भविष्यमा ओस्टियोपोरोसिसजस्ता रोगसंग लड्ने क्षमतामा वृद्धि गर्छ । दाँत : दुधमा हुने क्याल्सियम र फोस्फोरसको मात्राले दाँतको विकास र निर्माणमा मद्दत पु¥याउँछ । दुधमा पाइने प्रचुर प्रोटिनले दाँतको इनामेलको पातलो आवरण निर्माण गर्छ । यो आवरणले दाँत अम्लीय पदार्थको सम्पर्क आउँदा इनामेलबाट क्याल्सियम र फोस्फेट क्षति हुनबाट बचाउँछ । दुधले गुलिया खानाबाट दाँतलाई हुने असरबाट पनि बचाउँने अनुसन्धानहरुले देखाइसकेका छन् । यसैले पनि दन्तरोग विशेषज्ञहरुले दूधलाई खानाको बीचमा पिउँने सुरक्षित तरल पदार्थ भनेका छन् । यसले दाँतलाई सडनबाट पनि बचाउँछ । रक्तचाप : अध्ययनहरुले के देखाएका छन् भने दैनिक तीन भाग दुग्धजन्य पदार्थ, ५ भाग फलफुल तथा तरकारी र न्युन नुन खानाले वयस्क तथा बालबालिका दुवैमा उच्च रक्तचाप घटाउँछ । दुधसहित क्याल्सियम, पोटासियम र प्रोटिन खानाले उच्च रक्तचाप घट्ने बताइन्छ । मुटु : दुध र दुग्धजन्य पदार्थको सेवनले मुटुसबन्धी रोग लाग्ने खतरा पनि घटाउँने एक अध्ययनले देखाएको छ । बेलायतको वेल्समा गरिएको एक अध्ययनले बढी दुध सेवन गर्ने मानिसमा सेवन नगर्नेमा भन्दा हृदयाघातको खतरा कम भएको पाइएको थियो । विज्ञका अनुसार दुधमा पाइने क्याल्सियमको उच्च मात्रा मुटु जोगाउन लाभकारी रहेको पाइएको थियो । उच्च क्याल्सियमले खराब कोलेस्टेरोल हटाउँने र असल कोलेस्टेरोलको मात्रा बढाउँने अध्ययनहरुले देखाएका छन् ।
मोटोपना : कतिपय मानिसहरु मोटो होइन्छ भनेर दुध पिउने गर्दैनन् । तर, दुध र दुग्धजन्य पदार्थ नियमित सेवन गर्नेहरुको मोटोपनासमेत घट्ने अध्ययनले देखाएको छ । यो क्यालोरी नियन्त्रित गर्ने डाइटको एक भागको रुपमा मानिन्छ । टाइप टु डायबेटिज : अध्ययनहरुका अनुसार नियमित रुपमा कम चिल्लो भएको दुग्धजन्य पदार्थ सेवन गर्नाले टाइप टु डायबेटिजको खतरा कम गर्छ । हालै ३७ हजार वयस्क महिलामा गरिएको अध्ययनले बढी मात्रामा दुध सेवन गर्नेहरुमा डायबेटिजको खतरा कम भएको पाइएको थियो । सन् २००५ मा पुरुषमा गरिएको अध्ययनले पनि यस्तै खालको नतिजा पाइएको थियो । क्यान्सर : नियमित दुधको सेवनले कोलोरेक्टल र स्तन क्यान्सरको खतराबाट बचाउँछ । ४५ हजार स्वीडिसमा पुरुषमा गरिएको अध्ययनले १.५ ग्लास वा त्योभन्दा बढी दुध दैनिक सेवन गर्नेमा हप्तामा दुई गिलासभन्दा कम पिउनेभन्दा क्यान्सरको खतरा ३५ प्रतिशतले कम भएको पाइएको थियो । नर्वेमा ४० हजार महिलमा गरिएको अध्ययनमा पनि स्तन क्यान्सरको खतरा कम भएको पाइएको थियो । हाइड्रेसन : शरीरमा पानीको मात्रा पु¥याउँन नियमित ६ देखि ८ कप तरल पदार्थ सेवन गर्नुपर्ने हुन्छ । पानीको मात्रा नपुगे स्मरणशक्तिमा ह्रास आउँने र चिडचिडाहट हुने हुन्छ । दुध तरल पदार्थ आपूर्ति गर्ने उपयुक्त स्रोत बन्न सक्छ । यो शरीरलाई आवश्यक तरल पदार्थको स्रोतमात्रै नभई दाँतका लागि पोषक तत्वको समेत भूमिका खेल्छ ।

लक्षणहरु :
यो रोगको लक्षण मुसाले टोकेको १०–१२ दिनमा देखिन सुरु गर्दछ । लक्षणहरु निम्नप्रकार छन् :
उच्च ज्वरो आउनु(१०४–१०५ डिग्री फरेनहाइटसम्म आउन सक्छ ।)
टोकेको भागमा तथा अन्य भागमा राता–राता बिमिराहरु देखिनु ।
टाउको दुख्नु, भोक नलाग्नु ।
खोकी तथा वाकवाकी लाग्नु ।
शरीर काम्नु, जीउ, मांसपेशी तथा जोर्नी दुख्नु ।
लिम्प नोड सुनिनु ।
आँखाको कम्युकस मेमरेनको संक्रमण हुनु, आदि ।

बच्ने_उपायहरु
व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिने ।
सुक्ष्म जीवहरु(माइट) जस्तै सुलसुले, उपिया“, टोभ्रविक्यूलिड आदिको टोकाइबाट बच्ने ।
घर वरपर झारपात तथा घा“सपात उम्रन नदिने ।
रोग सर्ने भेक्टर(बाहक), किटनाशक औषधीको प्रयोग गरी घटाउने ।
घरवरपरको वातावरणीय सरसफाइमा ध्यान दिने ।
छालामा ‘इनसेक्ट रेपेलेन्टस’जस्तै बेञ्जाइल बेञ्जोएटको प्रयोग गर्ने ।


जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन ।

जुन यस प्रकार छन् :
चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ । खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ ।
पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।
पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।
चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।
जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।
सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।
ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ ।
दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।

हाम्रो शरीरमा दुइ मृगौला हुन्छ । कसै कसैमा एउटा मात्र हुन्छ तापनि त्यसले उत्तिकै कार्य सम्पादन गर्न सक्छ । नेपालमा मृगौला रोगबाट जुनसुकै उमेरका मानिसह ग्रसित हुने गरेपनि प्राय बीस देखि ५० वर्ष सम्मका मानिसहरु ज्यादा प्रभावित भएको तथ्यांकबाट देखिएको छ । मृगौलाले शरीरका विकारहरु बाहिर निकाल्छ र शरीरमा पानीको मात्र सन्तुलित राख्छ । रगतमा सोडियम र पोटासियमको मात्रा सन्तुलनमा राख्न सघाउँछ । एसिडलाइ पनि सन्तुलित राख्छ । शरीरमा पानीको मात्रा कम भयो भने पत्थरीको संभावना हुन्छ ।

कतिपय मानिसलाइ गर्मीमा पसिना ज्यादा आउने भएकाले शरीरमा पानी सन्तुलित राख्न सधैँजसो कम्तीमा ४ देखि ५ लिटर पानी पिउनु आवश्यक छ । मृगौलाले दूषित पदार्थ छानेर पिसावबाट निकाल्ने गर्छ । पत्थरी भएको लक्षण पिसाब खुलस्त नहुनु वा छिनछिनमा भइरहनु हो । पिसाब पोल्ने ढाड तथा कम्मरको पछाडीका अन्य भाग दुख्ने मुत्राशय दुख्ने आदि अन्य लक्षण हुन् । मुत्रनलीबाट पत्थरी तल्लो भागसम्म आएको छ भने पिसाव फेर्न ग्राहो हुन्छ । पिसावमा धेरै वा थोरै रगत देखा पर्न पनि सक्छ । कोलेस्टोरल, अक्जालेट, फसकेट, युरेट्‍स, युरिक एसिड आदि तत्वहरु मिलेर पत्थरी बन्छ । यस्ता तत्वहरु प्राय खानपिनको अनियमितताले हुनेगर्छ । हाम्रो समाजमा ढुङ्गाको सिलौटामा मसला र अचार पिसेर खानाले मृगौलामा जम्मा हुन्छ भन्ने धारणा छ तर यो लगत हो ।

पत्थरीको बिभिन्न प्रकारका हुन्छन् । क्याल्सियम अकजालेट स्टोनमा अत्यन्त कडा हुने भएकाले यसले असहय दुखाउँद । थोरै पानी पिउनेहरुमा यस्तो पत्थरी हुने गर्छ । युरिकएसिड स्टोन युरिक एसिड बढी हुने मानिसहरुमा पाइन्छ । यस्ता पत्थरी एक्सरेमा देखिदैन । यसलार्इ रेडियोलुसेन्ट स्टोन पनि भनिन्छ । स्ट्‍याकहर्न स्टोन बाह्‍र्सिगेको जस्तो सिग भएको आकारका हुन्छन् ।

पत्थरी बन्नुका प्रमुख कारणमध्ये खानपिनमा लापर्वाही मुख्य हो । असन्तुलित भोजनले पत्थरी बन्न सहयोग पुयाउँछ । चिया, कफि, मासु,चिल्लो पदार्थ आदिले शरिरमा एसिड पैदा गर्न सक्ने भएकाले त्यस्ता पदार्थको सेवन गर्न काम गर्नु पर्छ। क्याल्सियम प्रकृतिको पत्थरी छ भने दुध तथा त्यसबाट तैयार पारिएका परिकार कम खानु पर्छ । पोटासियमयुक्त फलफुल तथा सागपात खादा पत्थरी बन्ने संभाना कम हुन्छ । आक्जलेट प्रकृतिको पत्थरि छ भने पालुडे, कर्कलो, पुदिना, सहिजन, तिल, बदाम, चिया आदि कम खानु पर्छ । युरिक एसिड पत्थर छ भने रातो मासु, कलेजो, गेडागुडी, चिल्लो तथा वियर जस्ता पेय पदार्थ खानै हुँदैन ।

मौसम अनुसार पाउन सकिने फलफूल स्याउ, अनार, खरवुजा, केरा, मेवा आदि खान सकिन्छ । पिसावनली, पिसाव थैलीको मुखमा तथा पिसाव निस्कासन गर्नने नलीमा पनि अड्किएर रक्तस्राव जस्ता जटिलता उत्पन्न हुन सक्ने समस्याबाट पनि सतर्कता अपनाउनु पर्दछ ।


दुवै कोखाको करङमुनि हुने सिमीको बियाँ आकारका मिर्गौलाले हाम्रो शरीरबाट अनावश्यक पदार्थ, बढी भएको पानी तथा विषाक्त पदार्थ निष्कासन गर्ने, शारीरिक लवण, पोटासियम, क्याल्सियम नियमित गर्ने, हर्मोनको उत्पादन गरेर रक्तकोषिका बनाउने, रक्तचाप नियन्त्रण गर्ने आदि काम गर्छन्। यदि मिर्गौलाले आंशिक वा पूर्ण रूपमा पानी तथा अनावश्यक पदार्थ छान्न सक्दैन, त्यस अवस्थालाई ‘किड्नी फेलर’ भनिन्छ। कुनै कारणले अचानक मिर्गौलाले काम गर्न छाडेमा त्यसलाई तीव्र मिर्गौला फेलर भनिन्छ भने दीर्घरोगका कारण विस्तारै मिर्गौला नष्ट भई मिर्गौलाले काम गर्न छाडेमा त्यसलाई दीर्घ मिर्गौला फेलर भनिन्छ।

वान्ता, पखाला, रक्तश्राप, पिसाब लगाउने औषधीको प्रयोग, शल्यक्रिया, चोटपटक वा संक्रमणबाट एक्कासि रक्तचाप कम भएमा, मिर्गौलामा जाने रक्तनली साँघुरो वा अवरुद्ध भएमा तथा मुटु वा कलेजो फेलर भएमा मिर्गौलालाई आवश्यक रक्तसञ्चार नपुगेर पनि मिर्गौला फेलर हुन्छ। यो अवस्था मिर्गौला फेलरको ६०-७० प्रतिशत कारक तत्त्व हो। समयमै उपचार गरेमा मिर्गौलाले पुनः काम गर्न थाल्छ अन्यथा मिर्गौलाका तन्तुहरू नष्ट हुन्छन्।


त्यस्तै मूत्र प्रणालीमा पत्थरी, क्यान्सर, कडापन, प्रोस्टेटको वृद्धि, रगतको ढिका आदिले अवरोध भएमा मिर्गौलाको तन्तु नष्ट भई मिर्गौला फेलर हुन्छ। जुन ५-१० प्रतिशत कारक तत्त्व हुन्छ। अवरोधको उपचार गरेपछि क्रमशः मिर्गौलाले काम गर्न सुरु गर्छ।

मिर्गौला फेलरको २५-४० प्रतिशत कारक तत्त्व मिर्गौला स्वयं नष्ट हुनु हो। मिर्गौलाका कारणले फेलर भएमा मिर्गौलाको रक्त प्रशोधन तथा पानी छान्ने कामलाई असर पर्छ। रक्तनलीको रोग, रक्तनलीमा रक्तको ढिका जमेमा, मिर्गौलाको तन्तु र कोषिकामा चोटपटक लागेमा, मिर्गौलाको पानी तथा रक्त छान्ने प्रक्रियामा संक्रमण वा सुजन भएमा, मिर्गौलाका रचनागत तथा कार्यगत सूक्ष्म अवयवमा एन्टिबायोटिक, दुखाइ कम गर्ने औषधी, पिसाब लगाउने औषधी आदिको सेवन वा प्रतिरोधात्मक समस्या भएमा, रक्तसञ्चालनमा कमी, केमोथेरापी, विषाक्त पदार्थ र एक्स-रे गर्दा ‘डाई’ प्रयोगले नकारात्मक असर परेमा मिर्गौलाका ट्युवल्सहरू नष्ट हुन्छन् र काम गर्न असमर्थ हुन्छन्।

मिर्गौलाको फेलर मुख्यतया निम्न कारणले हुन्छ:

विंशाणुगत मिर्गौलाको रोग जस्तै पोलिसिस्िटक किड्नी डिजिज।

मूत्रप्रणालीमा जन्मजात विकृति आएमा।

मिर्गौला सुन्निएमा, विशेष गरी ग्लोमेरुलोनेप|ाइटिस भएमा।

मिर्गौलामा पत्थरी भएमा।

नेफ्रोटिक सिन्ड्रम: रक्त प्रोटिन कम तथा कोलेस्टेरोल उच्च भएमा र शारीरकि तरल पदार्थ शरीरमा फैलिएमा।

लामो समयसम्म उच्च रक्तचाप भएमा।

लामो समयसम्म मधुमेह भएमा।

अौषधी तथा विषाक्त पदार्थ: केही औषधीहरू, विषहरू, पेस्टिसाइडहरू तथा लागूपदार्थका कारण।

हालसम्म किड्नी फेलरको ठोस कारण यकिन नभए तापनि उच्च रक्तचाप र मधुमेहलाई प्रमुख कारक तत्त्वका रूपमा प्रमाणित गरएिको छ।

निदान तथा उपचार

मिर्गौला ५० प्रतिशत नष्ट भएसम्म राम्रोसँग काम गररिहेको हुन्छ। ७० प्रतिशतभन्दा बढी नष्ट भएपछि मात्र लक्षण देखिने भएकाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ। रक्त तथा मूत्र परीक्ष्ाण, अल्ट्रासाउन्ड, जलविद्युतीय परीक्षण, वायोप्सी, सिटिस्क्यान, एमआरआई आदिबाट मिर्गौलाको अवस्था पत्ता लगाइन्छ। सामान्य अवस्था भएमा कारणगत उपचार, मिर्गौला विशेषज्ञसँग परामर्श, विजातीय पदार्थहरू अधिक भएमा डाइलाइसिस, जलवियोजनको सन्तुलित उपचार, किड्नी फेलर भएका बिरामीलाई झोल पदार्थ सेवन गर्न नदिएर, मिर्गौलामा पर्याप्त रक्तसञ्चारका लागि मुटु तथा रक्तचापको उपचार आदि उपायहरू अपनाइन्छ। ती उपायहरू प्रभावकारी नभएमा नियमित डाइलाइसिस -सातामा तीनपटक) तथा मिर्गौला प्रत्यारोपणपश्चात् उपचार गरन्िछ। अन्यथा जीवाणु तथा लवणको सञ्चारणका कारण मुटु, मस्ितष्क, फोक्सो, स्नायु, हाड आदिलाई गम्भीर असर गर्छ।

विगत १५ वर्षयता किड्नी फेलरको संख्या दुई गुणाले बढेको छ। एसियामा मधुमेहका कारण पाँच गुणा र उच्च रक्तचापका कारण तीन गुणा किड्नी फेलर पाइएको छ। ६६ प्रतिशत किड्नी फेलर उच्च रक्तचाप र मधुमेहका कारण हुन्छ। अमेरकिामा ११-३० मिलियन र भारतमा आठ मिलियन दीर्घ मिर्गौला फेलरका बिरामीहरू छन्। भारतमा समेत ९० प्रतिशतभन्दा बढी बिरामीले उपचारमा खर्च गर्न सक्दैनन्।

नेपाल मिर्गौला रोग उपचार केन्द्रका अनुसार, नेपालमा करबि २७ लाखलाई कुनै न कुनै प्रकारको मिर्गौला रोग लागेको छ र प्रतिवर्ष २ हजार ७ सय नयाँ बिरामीको पहिचान भएको छ। त्यस्तै, १० हजार व्यक्तिहरू प्रतिवर्ष मिर्गौलाका दीर्घरोगीका रूपमा पीडित भइरहेका छन्। करबि तीन करोड जनसंख्याका लागि १२ जना विशेषज्ञ, ९७ वटा डाइलाइसिस मेसिन, सहरकेन्दि्रत सीमित उपचार केन्द्र र महँगो प्रविधिका कारण किड्नी फेलरका बिरामीको पहिचान, उपचार तथा पुनःस्थापना असम्भवप्रायः बनेको छ। दुर्गमबासी, आर्थिक अवस्था नाजुक भएका तथा खाडीक्षेत्रमा काम गर्ने नेपालीहरूमा मिर्गौलाको समस्या भयावह रूपमा देखा परेको छ। तसर्थ, सरकारले मिर्गौला रोगको निदान र उपचारलाई जनताको पहुँचभित्र पुर्‍याउन र बाँच्न पाउनुपर्ने नैसर्गिक अधिकारको रक्षा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरी प्रभावकारी कदम चाल्नु अपरहिार्य छ।

डाइलाइसिस तथा मिर्गौला प्रत्यारोपण

मिर्गौलाले काम गर्न छाडेमा मेसिनद्वारा रक्त प्रशोधन तथा शारीरकि तरल पदार्थ निष्कासनका लागि डाइलाइसिस गरन्िछ। यसका लागि बिरामीले डाइलाइसिस मेसिनमा साताको तीनपटक चार घन्टा अस्पतालमा भर्ना हुनुपर्छ। हाम्रोजस्तो वाषिर्क आम्दानी २६ हजार रुपियाँ भएको देशमा प्रतिमहिना २० हजारदेखि ३० हजार रुपियाँसम्म डाइलाइसिसको खर्च पाँच प्रतिशत नेपालीले पनि बेहोर्न सक्दैनन्। डाइलाइसिस आजीवन वा मिर्गौला प्रत्यारोपण नगरेसम्म गर्नुपर्छ। तसर्थ, डाइलाइसिस गर्नुपर्ने बिरामीले आफ्नो सम्पूर्ण सम्पत्ति सकेर अन्त्यमा आर्थिक अभावका कारण मृत्युवरण गर्छन्। त्यसो त विश्वमा करबि १० लाख बिरामी डाइलाइसिसको भरमा बाँचिरहेका छन्। करबि तीन करोड जनसंख्या भएको नेपालमा जम्मा १२ जना विशेषज्ञ, लगभग एक सयवटा डाइलाइसिस मेसिन र वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्र, बीपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानलगायत सीमित ठाउँमा मात्र डाइलाइसिस सेवा उपलब्ध छ ।

मिर्गौला प्रत्यारोपण नेपालमा सन् २००८ अगस्तमा त्रिवि शिक्षण अस्पतालमा सुरु भएको हो। २००८ डिसेम्बरदेखि वीर अस्पतालमा यो सेवा प्रारम्भ भएको हो। वीर अस्पतालमा विश्वमै सबैभन्दा सस्तो मूल्य अर्थात् ३ लाख ५० हजार रुपियाँमा मिर्गौला प्रत्यारोपण हुन्छ भने शिक्षण अस्पतालमा करबि पाँच लाख रुपियाँमा मिर्गौला प्रत्यारोपण हुन्छ। करबि १० प्रतिशत नेपालीमा मिर्गौलाको समस्या भएको तर नेपालमा अत्यन्तै न्यून संख्यामा मिर्गौला प्रत्यारोपण हुने भएकाले अधिकांश बिरामीहरू भारतमा गई १५-२० लाख रुपियाँ तिरेर मिर्गौला प्रत्यारोपण गर्छन्। प्रत्यारोपण गरेपछि पनि प्रतिमहिना करबि २०-२५ हजार रुपियाँ औषधीमा खर्च हुन्छ। तसर्थ, यो उपचार पद्धति पनि आमनेपालीको क्षमताबाहिर छ। नेपालमा करबि २७ लाख मिर्गौला रोगका बिरामी भएको २ हजार ८ सय व्यक्तिको प्रतिवर्ष मिर्गौला फेलर भइरहेको तथा ४० हजार व्यक्तिलाई प्रतिमहिना डाइलाइसिस चाहिएको आँकडा हेर्दा स्वास्थ्य नीतिमा आमूल सुधारको आवश्यकता देखिएको छ।

किड्नी फेलर‘का लक्षण

छवटा सतर्कताका लक्षणहरू

पिसाब पोल्नु वा पिसाब फेर्दा अप्ठ्यारो हुनु।

िपसाब पटक-पटक लागिरहनु।

रिक्त मिश्रति पिसाब आउनु।

आँखाको वरीपरी हात र खुट्टा सुन्निनु।

दुवैतर्फ वा एकतर्फ कोखामा -करङको तल) दुख्नु।

उच्च रक्तचाप हुनु।

अन्य लक्षणहर: थकाइ लाग्नु, वाक्वाकी लाग्नु, पखाला लाग्नु, अरुचि, पेट दुख्नु, मुखमा धातुको स्वाद आउनु, बेहोस हुनु, पिसाबमा धेरै फिज आउनु, अचानक शारीरकि तौल घट्नु, शरीरमा चिलाउनु, मांसपेशी बाउँडिनु, हातखुट्टा तथा अन्य अंगको समवेदना कम हुनु, चिया वा कोकको जस्तो गाडा पिसाब आउनु, ढाड दुख्नु, पिसाबको मात्रा घट्नु, छाला वा अन्य ठाउँबाट सजिलै रक्तश्राप हुनु, पेट फुल्नु, रक्तअल्पता हुनु आदि।

रोकथाम

विर्षको एकपटक स्वास्थ्य परीक्षण, पिसाब तथा रगतको परीक्षण गर्ने।

उच्च रक्तचाप, मधुमेह, पिसाबको समस्या तथा प्रोस्टेट वृद्धि नियन्त्रण गर्ने।

मिर्गौलालाई हानि गर्ने पदार्थहरू, औषधीहरू, विषाक्त पदार्थ त्याग गर्ने।

नुन कम खाने

मिर्गौलाको रोग, उच्च रक्तचाप, मधुमेह आदि परविारमा भएमा सतर्कता अपनाउने।

िपसाबको परविर्तन निरीक्षण गर्ने। जस्तै- बाक्लो, दुर्गन्धयुक्त, फिँजयुक्त, रक्तयुक्त पीडादायी मूत्र भएमा रोगको निदान र उपचार गर्ने।

थिकान, सहज रक्तश्राप, रंिगटा लागेमा रक्तअल्पताको यकिन गर्न परीक्षण गर्ने।

दैनिक न्यूनतम ३० मिनेट शारीरकि अभ्यास गर्ने।

िदनमा कम्तीमा आठ गिलास पानी पिउने।

धुम्रपान, मद्यपान तथा सूर्ती सेवन नगर्ने।

सिकभर एक्स-रे गर्दा ‘डाई’को प्रयोग नगर्ने।

हरियो सागपात, फलफूल, अन्न, गेडागुडी जस्तै काउली, लसुन, प्याज, स्याउ, स्ट्रेवरी, रातो अंगुर, अन्डाको सेतो भाग, माछा, ओलिभ तेल, कम प्रोटिनयुक्त खाना, नरबिल, काँक्रो, गाजर प्रसस्त खाने।

अपाच्य कम वा त्याग गर्ने। जस्तै- धेरै कार्बोहाइड्रेट पाइने चिनी, केक, कुकिज, चकलेट, पेस्िट्रज, धेरै नुनयुक्त खाना जस्तै- आलुको चिप्स, चीज, बट्टाको तरकारी, बट्टाको सुप, पि|जको खाना, अचार, पिज्जा, प|ेन्च प|ाई आदि, धेरै प्रोटिन पाइने मासु, चिल्लोयुक्त दूध, अन्डा आदि, धेरै पोटासियम पाइने केरा, गोलभेँडा, दूध, बदाम, केराउ, सिमी, चकलेट आदि खाद्य पदार्थहरू निकै कम सेवन गर्ने।

अनावश्यक रूपमा एन्टिबायोटिक, दुखाइ कम गर्ने औषधीहरू तथा पिसाब लगाउने औषधीहरू नखाने।
तनावरहित, स्वस्थ र सहज जीवनशैली अवलम्बन गर्ने।


शाकाहारी खाना प्रयोग गर्न सके सबै भन्दा उत्तम हुन्छ किनकी शाकाहारी खानामा कोलेस्टेरोलको मात्रा अति कम हुन्छ ।
अत्याधिक कोलेस्टेरोल र भएका खाद्य पदार्थहरू जस्तै मासु, कलेजो, मिर्गौला, अण्डाको भित्री पहेंलोभाग, दूध, घ्यू, मख्खन आदि अत्यन्त कम मात्रामा उपयोग गर्ने । चिल्लो पदार्थको प्रयोग आवश्यक पर्दा (सूर्यमुखी, मकै, भटमास, तोरी आदिको तेल) अथवा (बदाम, ओलिभ, Avocado आदिको तेल) प्रयोग गर्नु उचित हुन्छ ।१) शाकाहारी खाना प्रयोग गर्न सके सबै भन्दा उत्तम हुन्छ किनकी शाकाहारी खानामा कोलेस्टेरोलको मात्रा अति कम हुन्छ ।
माछा, कुखुरा र लौकाटको मासुमा कम बोसो हुने हुनाले यी चिजहरू कम मात्रामा उपभोग गर्न सकिन्छ ।
खसी, बोका, भेडा, च्यांग्रा, बँदेंल, बंगूर आदिको मासुमा अत्याधिक हुने हुनाले यिनीहरूको उपभोग नगर्नु बेश हुन्छ ।
खाना पकाउँदा तेल कम राख्ने । मासु पकाउँदा छाला र बोसो सबै काटेर फाल्ने अनि मात्र पकाउने साथै पकाउँदा पग्लेको बोसोको रसलाई झिकेर फाल्ने ।
मासुमा पाइने प्रोटिनको बदला दाल, भटमास, सिमी, मटर आदिमा पाइने प्रोटिनमा बढी जोड दिने ।
सागपात, हरियो तरकारी, फलफुल, गहुँ, खस्रो चामल र दालहरू अत्यन्त फाइदाजनक छन् । यिनीहरूको उपभोग प्रशस्त मात्रामा गर्ने ।
यूक्त खाद्य पदार्थहरू (माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागति बदाम आदिबाट तयार पारिएका पदार्थहरू) आहारमा प्रयोग गर्नु पर्छ । ले कोलेस्टेरोलको नकारात्मक असरहरूलाई कम गर्दछ ।
टर्रो स्वाद भएको खाद्य पदार्थले कोलेस्टेरोल घटाउँछ ।


खुट्टा सुन्निनु एउटा साधारण समस्या हो । यसको कारण अति सरलदेखि अत्यन्तै जटिलसम्म हुन सक्छ । त्यसैले खुट्टा सुन्निएको छ भने, तुरुन्तै कारणको बारेमा जाँच गर्नुपर्छ । खुट्टाको हड्डी वा गोलीगाँठो भन्दा माथि औंलाले थिच्दा सुन्निएको भए खाल्डो देखिन्छ । औलाको टुप्पाले ३० सेकेण्ड जति खुट्टामा थिच्दा सुन्निएको छ भने थाहा हुन्छ । सुन्निएको कारणले हातको औलामा औंठी लगाउन गा¥हो हुन सक्छ । जुत्ता लगाउँदा गा¥हो हुने, हिड्दा खुट्टा दुख्ने वा अप्ठ्यारो हुने आदिखुट्टा सुन्निएको कारणले हुन सक्छ ।

एउटा खुट्टा सुन्निए पछि के गर्ने

सामान्यतया दुइटै खुट्टा सुन्निछ, तर कहिलेकाँहि एउटा खुट्टा कम सुन्निएको हुनसक्छ । विशेष गरेर जतातिर फर्केर सुतिन्छ, उतातिरको खुट्टा बढी सुन्निछ । एउटा खुट्टामात्रै सुन्निएको छ भने तुरुन्तै कारण पत्ता लगाउनु पर्छ । खुट्टाको रक्तनलीमा समस्या भएमा एउटा मात्रै खुट्टा सुन्निन सक्छ । यसलाई डीप भेन थ्रोम्बोसिस भनिन्छ । रक्तनलीमा रगत जमेर रक्त सञ्चालन नभएर एउटा मात्रै खुट्टा सुन्निन सक्छ ।

खुट्टा सुन्निने के के कारण हुन सक्छन् ?

खुट्टा सुन्निने धेरै कारणहरु मध्ये मुटु, मृगौला र फोक्सोका रोगहरु प्रमुख हुन् । मधुमेह, उच्च रक्तचाप र थाइराइडको कमी पनि प्रमुख कारणहरु हुन् । त्यसमध्ये पनि मुटु र मृगौला सम्बन्धी कारणहरु सबभन्दा जटिल मानिन्छन् । यसको लागि तुरुन्तै आवश्यक जाँच गर्दा राम्रो हुन्छ ।

कहिले काहिँखुट्टा सुन्निने सामान्य कारण पनि हुनसक्छ । जस्तैः मोटोपना, गर्भावस्था, दैनिक धेरै समयसम्म उभिनुपर्ने वा एउटै स्थानमा धेरै बेरसम्म बस्नु पर्ने जस्तैः सवारी चालक र गार्ड आदि । यसको लागि पीर गर्नु पर्दैन । यस्तो अवस्थामा कुनै उपचारको जरुरी हुर्दैन । औषधीको कारणले पनि खुट्टा सुन्निन सक्छ । मोटोपना पनि खुट्टा सुन्निनेको प्रमुख कारणहरु हुन् । यदि औषधिका कारणले सुन्निएको हो भने औषधी परिवर्तन गरेको १–२ हप्तामा घट्छ ।

मुटु वा मृगौलाको कारणले सुन्निएको कसरी थाहा पाउने ?

मृगौलाको कारणले सुन्निएको हो भने बिहान उठ्ने बेलादेखि नै अनुहार सुन्निएको हुन्छ र दिन बित्दै जाँदा सुन्निएको घट्न थाल्छ । मृगौलाको कारणले अनुहारमा बढी र खुट्टामा कम असर पर्दछ । तर जटिल अवस्थामा खुट्टामा पनि बढी असर देखिन्छ । मुटुको कारणले खुट्टामा बढी र अनुहारमा कम सुन्निएको हुन्छ । बिहानमा कम र साँझ बढी सुन्निएको देखिन्छ । खुट्टा सँगसँगै हात, आँखाको वरिपरि वा अनुहार पनि सुन्नियो भने केही न केही समस्या हुने सम्भावना बढी हुन्छ । तर मुटुको कारण ले हो भने, मुटुको जाँच गरेपछि यो कुराको टुङ्गो लाग्छ । त्यसको लागि छातीको एक्सरे, इ.सी.जी र इकोकार्डियोग्राफी गर्नु जरुरी हुन्छ ।

खुट्टामा सुन्न्निएको कम गर्न अरु के गर्न सकिन्छ ?

गुरुत्वाकर्षणको कारणले खुट्टाको रक्तनलीमा दबाब हुन्छ । त्यसैले खुट्टामा सुन्निने संभावना बढी हुन्छ । तसर्थ सकेसम्म बस्ने बेलामा खुट्टालाई टेबुलमा राख्ने र सुत्ने बेलामा एउटा खुुट्टालाई सिरानीको माथि राख्नु राम्रो हुन्छ । यसबाट खुट्टा सुन्निएको कम हुन्छ ।
खुट्टा सुन्निएको कम गर्न पिसाब बढी लगाउने औषधी सम्बन्धित विशेषज्ञलाई नदेखाइ कहिल्यै खानु हुँदैन । यसले कमजोरी गराउँछ र अचानक मुटुको समस्या पनि निम्त्याउन सक्छ ।

खुट्टा सुन्नियो भने कसलाई जँचाउने

खुट्टा सुन्निएमा तुरुन्तै आत्तिनु हँदैन खुट्टा मात्रै सुन्निनु र अरु केही लक्षण (जस्तै स्वाँस्वाँ, छाती दुख्नु, पेट पोल्नु, पिसाब कम हुनु) नहुनुलाई जटिल समस्याको रुपमा मानिदैन । तर, माथि लेखेको कुनै समस्या पनि खुट्टा सुन्निने सँगै छ भने तुरुन्त मेडिकल परामर्श लिनुपर्छ । यसमा धेरै जसो बिरामीको मुटुको परिक्षण गर्नुपर्ने भएकाले मुटुरोग विशेषज्ञलाई भेट्नुपर्ने जरुरी हुन्छ । मृगौलाको कारणले पनि खुट्टा सुन्निने गर्दछ । प्रारम्भिक जाँचमै (पिसाब र मृगौलामा खराबी देखिएमा नेफ्रोलोजिष्ट (मृगौला रोग विशेषज्ञ) लाई भेट्नु जरुरी हुन्छ ।


हालसम्म भएका १५ सय भन्दा बढी अध्ययनहरुले नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित गरेकाछन् । यसमा तीन प्रकारका विशेष फ्याट्टी एसिड हुन्छन् । जसलाई क्याप्रिलिक एसिड, लौरिक एसिड र क्याप्रिक एसिड भनिन्छ । नरिवलको तेलको ६२ प्रतिशत तैलीय पदार्थ यी तीन स्वस्थकर फ्याट्टी एसिडले बनेका हुन्छन् । यसका फाइदाहरु निम्न छन् :
मुटुको रोग र उच्च रक्तचाप रोकथाम गर्छ : नरिवलको तेलमा प्राकृतिक स्याचुरेटेड फ्याट बढी हुन्छ । यसले स्वस्थ कोलेस्टेरोल (एचडील) बढाउनेमात्र होइन, खराब कोलेस्टेरोल (एलडिएल) लाई स्वस्थ कोलेस्टेरोलमा परिवर्तन गर्न सहयोग गर्छ । यसबाट मुटुको रोग र उच्च रक्तचापको समस्याबाट रोकथाम हुन्छ ।
अल्जाइमरको प्राकृतिक उपचार : कलेजोले यसको एसिड पचाउँदा केटोन भन्ने तत्व निस्कन्छ, जसले दिमागलाई उर्जा प्रदान गर्छ । यसो गर्दा ग्लुकोजबाट शक्ति पैदा गर्न इन्सुलिनको आवश्यकता पर्दैन । अध्ययनहरुबाट के पत्ता लागेको छ भने दिमागले आफ्नै इन्सुलिन पैदा गर्छ । अल्जाइमरका रोगीको दिमागले आफ्नै इन्सुलिन पैदा गर्न सक्दैन । नरिवलको तेलबाट प्राप्त हुने केटोनले दिमागलाई आवश्यक पर्ने वैकल्पिक उर्जा पैदा गर्न मद्धत गर्छ ।
मिर्गौला स्वस्थ राख्छ : नरिवलको तेलमा मुत्राशय तथा मिर्गौलालाई स्वस्थ राख्ने क्षमता हुन्छ । यस्तै, यसले कलेजोमा क्षति पुग्नबाट समेत जोगाउँछ ।
आर्थराइटिसबाट जोगाउँछ : भारतमा भएको अध्ययनले नरिवलको तेलले अन्य आधुनिक औषधिभन्दा आर्थराइटिसलाई प्रभावकारी रुपमा निको पार्न सहयोग गर्ने देखाएको थियो ।
क्यान्सर रोकथाम गर्छ : यसले क्यान्सरसंग लड्न पनि सहयोग गर्छ ।
स्मरण क्षमता बढाउँछ : सन् २००४ मा भएको अध्ययनले नरिवलको तेलमा पाइने एसीड स्मरण क्षमता बढाउनमा उपयोगी भएको पाइएको थियो ।
छालाको समस्या समाधान गर्छ : यसले अनुहार सफा राख्नुका साथै मोस्चराइजरको काम गर्छ । साथै छालाका धेरै समस्या समाधान गर्न पनि सहयोग गर्छ ।
तौल घटाउँछ : विभिन्न अध्ययनहरुले नरिवलको तेलले तौल घटाउन सहयोग पु¥याउँने देखाएका छन् । सन् १९८५ मै गरिएको एक अध्ययनले नरिवलको तेलसहितको क्याप्रिक एसिडको इन्जेक्सनले मुसाहरुमा तीब्र रुपमा तौल घटेको पाइएको थियो ।
ब्याक्टेरिया मार्छ : नरिवलको तेलमा पाइने आधाजति फ्याटी एसिड लौरिक एसिड हुन् । यो एसिडले ब्याक्टेरिया, भाइरस, फन्जाईलाई मार्छ । यसलाई शरीरमा लगाउनाले यस्ता ब्याक्टेरिया मर्छन् ।
बेडरुपमा पनि प्रयोग गर्न सकिन्छः यो स्वास्थ्यका लागि फाइदाजनक त हुन्छ नै । यसलाई बेडरुममा छर्कनाले मानिसको सेक्स लाइफमा सकारात्मक महसुस गराउँछ । यो एन्टी फंगल र एन्टी ब्याक्टेरियल भएकाले यसले संक्रमणबाट पनि बचाउँछ ।
| Copyright © 2013 khabar chautari