उच्च रक्तचाप हुनेहरुको लागी विशेष ध्यान दिनु महत्वपूर्ण जानकारी...



खरबुजा, तितेकरेलाको जुस बनाएर नियमित बिहान खाली पेटमा खाने वा लसुनको ३–४ केस्रालाई दुधमा उमाली राती सूत्ने बेलामा पिउने वा काँचो लसुनलाई गोलभेंडासँग मिलाइ खानाले वा एक चम्चा कागती रसलाई पानीमा राखे पिउनाले उच्च रक्तचापका बिरामीलाई राम्रो फाइदा गर्छ ।
सर्पगन्धा, अमला, अर्जुन वृक्षको बोक्रा, पुनर्नवा, अश्वगन्धाको बराबर भाग मिलाई धुलो बनाउने र बिहान–बेलुका दिनको दुई पटक १–१ चम्चा महको साथमा नियमित सेवन गर्ने वा १० ग्राम छोकडा, १० ग्राम सुकमेल, १० ग्राम हिङ र बीज निकालेको मुनक्कालाई मिलाई कुटपिस गर्ने र धुलो बनाई बन्द सिसीमा राख्ने र पाँच दिनसम्म २–२ ग्राम सेवन गर्ने ।
सर्पगन्धा र सिलाजितको बराबर भाग मिलाइ सा–सानो गोली बनाई दिनको ३ पटक १–१ गोलीका दरले पानी वा दुधसँग सेवन गर्ने वा २०० ग्राम प्याजको रसमा १०० मिश्री मिलाई बन्द सिसीमा राखेर १० ग्रामका दरले नियमित पिउनाले उच्च रक्तचाप निको हुन्छ ।
सिस्नुको पातलाई धुलो पारेर १–१ चम्चा दिनको ३ पटक लामो समयसम्म सेवन गर्नाले वा बोटमै पाकेको मेवालाई राम्रोसँग ताछी पखाली बिहान खाली पेटमा १ महिनासम्म खानाले उच्च रक्तचाप ठिक हुन्छ ।

No comments:

| Copyright © 2013 khabar chautari