पाइल्स (Hemorrhoid ) बाट मुक्ति पाउन के गर्ने ???


संसारमा धेरै मानिस पाइल्स समस्याको शिकार भएको पाइन्छ । पाइल्स, जसलाई चिकित्सकीय भाषामा ‘हेमोरोइड’ भनिन्छ । मानिसको दिशा गर्ने ठाउावरिपरि रहेका रक्तनशाहरु विविध कारणबाट सुन्निएको या मांसपेशीका अङ्कुरहरुको आकार बढ्न गएमा यस स्थितिलाई पाइल्स, बवासिर या आयुर्वेदमा ‘अर्श’ भनिन्छ । साधारणतया ती मांशपेशीहरुले दिशा गर्ने प्रक्रियालाई सघाउ पुर्‍याइरहेका हुन्छन् । यो अवस्था बढ्दै जाँदा मांशपेशीको आकार चनाको दाना जत्रो सम्म हुन् पुग्छ र दिशा गर्दा पीडा हुन थाल्छ । करिब एक करोड अमेरिकीहरु हेमोरोइटबाट पीडित छन् ।

पाइल्सको मुख्य कारण
यसको मुख्य कारण लामो समय सम्म कठोर कब्जियत () हुनु नै हो । पेट राम्रो सफा नहुनु, बिहान बेलुकी ठीक समयमा दिशापिसाब गर्ने बानी नहुनु, शौच गर्दाधेरै लामो समयसम्म गर्नु पर्ने गरी दिशा साह्रो हुनु । यस्ता कारणले ववासिर पाइल्स हुने गर्छ । कब्जियत भएको बेला शौचकार्यमा (दिशा बिसर्जन गर्नमा) हुने कठिनाईले बिस्तारै पाइल्स हुन शुरु हुन्छ । रेसादार खानाको कमी, बढी मात्रामा मासु, रक्सी, चुरोटको सेवन, विभिन्न कारणबाट पेटको चाप बढ्ने अवस्था, बलपूर्वक मल त्याग गर्ने बानी, बुढ्यौली, गर्भवती तथा वंशाणुगत कारणहरु मुख्य भेटिन्छन् । लामो समयसम्म उभिरहनुपर्ने पेशा भएका व्यक्तिहरुमा हेमोरोइडको अवस्था अलि बढी देखिएको छ । कहिलेकाहीा रेल्प्मको क्यान्सर पनि हेमोरोइडको लागि जिम्मेवार मानिन्छ ।

पाइल्सको उपचार
करेलाको एक तोला रस र पाँच मासा हर्रो चुर्ण मिलाई लगातार दिनहुँ सेवन गरे निको हुन्छ ।

निमको फल र सिन्दुरे वृक्षको गेडाको धुलो मिसाई आधा तोलाको दरले खाने गरे खटिरा सुकेर जान्छ ।

प्याजको रस महमा मिसाएर खाने गरे खुनी बबासीर निको हुन्छ ।

पाँच मासा तुलसीको गेडामो धुलो पानी सित पिउनाले पाइल्स निको हुन्छ ।

बेसारको चुर्ण दुधमा मिसाएर लेप गर्नाले पुर्ण आराम हुन्छ ।

बवासीरको रोगीलाई कब्जीयत भएमा सुठो वा त्रिफला चुर्ण २ हप्ता सम्म मनतातो पानी संग खाने गरेमा फाइदा गर्दछ ।

भाँगको पातको लेप गर्नाले अर्श–पिडा शान्त हुन्छ ।

खुनी बवासीरमा तलाउको नजिकैको हरीयो दुवो माटो भाडामा अलिकति पानी हालेर बसाल्ने त्यसपछि वाफ आउन थालेपछि त्यही वाफले सेकेपछि पिडा शान्त हुन्छ ।

चार तोला कालो तिल शितल जलसित खाने गरेमा वबासीर–पाइल्स निको हुन्छ । भुटेको तिल पिसेर अचार जस्तै केही दिन सम्म निरन्तर सेवन गरेमा लाभ हुन्छ ।

सुरण, ओल, जिमीकन्दको स–साना टुक्रा वनाई छायामा सुकाएर चुर्ण वनाएर १० मासाको मात्रा विहानै सेवन गरे खुनी–वादी ववासीर निको हुन्छ ।

आँकको पातमा पाँच थरी नुन लगाई त्यसैमाथी तेल वा अमिलो लगाउने । त्यसपछि ती पात पोलेर त्यसको खरानी एक–एक माषा नियमीत सेवन गरेमा वादी ववासीर निको हुन्छ ।

ववासीर अल्काईमा सुठो, शुद्ध भलायोको चुर्ण वनाई समभाग लिएर दुध र गुड –शक्कर मा पकाई लड्डु वनाई १–३ माषा सम्म चिसो पानी सित सेवन गरे ववासीर निको हुन्छ ।

अलकाईमा कागति काटेर नुन छदै चुस्ने अथवा जाइफलको धुलो र चिनी छरेर चाटे पनी ववासीरमा लाभ गर्छ ।

ववासीरको फोकामा नीमको तेल दिनहुँ लगाए चाँडै नै आराम हुन्छ ।

अलकाईमा मुलाको पात छायामा सुकाएर त्यसैको वरावर पानीसित चालिस दिन सेवन गरे पुर्ण आराम हुन्छ ।

अलकाईमा रिट्ठाको वोक्राको खरानी र खयर बराबर पिसेर धुलो पारेर दुई ग्राम चुर्ण नौनीमा मिसाएर खानाले अलकाईले आउने रगत वन्द हुन्छ ।

अर्शमा कपुरको मलहम वनाएर लगाउने गरे केहि दिनमा निको हुन्छ । रगत आउन थामिन्छ र फोका सक्तछ ।

कुपिण्डोको सुकेको ब्रोक्राको धुलो २० ग्राम पानी सित सेवन गरे अलकाईवाट आउने रगत बन्द हुन्छ ।

· इमिलीको फुलको रस अलकाईमा लगाए रगत थामिन्छ र केहि दिनमा आराम हुन्छ ।

बवासीरमा पुदिना वा हरिया धनियाँसित शिलाजित खाए बवासीरमा लाभ गर्दछ ।

मेथीको काढा बनाएर पिउने वा दुधमा पकाएर खाएमा आराम हुन्छ ।

अपामार्गको विज तिन ग्राम पिंधेर चौलानी सित दुवै छाक खाने गरे अलकाईवाट रगत आउने बन्द हुन्छ र आराम मिल्दछ ।

कोइरालेको नफुलेको कोपिला छाँयामा सुकाएर मसिनो पार्ने र तिन ग्राम चुर्ण मिश्री र नौनी सित मिलाएर खाएमा यसले ठिक गर्दछ ।

अलकाईमा अडिरको पात पिंधेर गुदामा राखी लङ्गोटीले कस्ने र बाहृ दिन जति चार–पाँच गेडा प्रति दिन गुदि झिकेर खाने गरे आराम गर्छ ।

अलकाईको खटिरामा काँचो मेवाको दुध लगाउनाले आराम हुन्छ । मेवाको दुध लगाउदा वेसरी पोल्दछ । असह्य भयो भने नौनी मिसाएर लगाएपनि हुन्छ ।
पिंडालुको रस निकालेर मह मिलाई पिउनाले अलकाई निको हुन्छ ।

२० ग्राम जति नासपातीको मुरब्बा दिनको तिन पटक १ हप्ता सम्म खाए अलकाईमा आउने रगत थामिन्छ र केहि दिनमा रोग निर्मुल हुन्छ ।

विरालीको दुध बवासीरको घाउमा लगाएमा पिडा तुरुन्त शान्त हुन्छ । एक महिना सम्म लगातार सेवन गरे घाउ पनि निको हुन्छ ।
प्रति दिन दहि खाने गरेमा अलकाईको रगत आउन थामिन्छ ।

६ ग्राम चम्चुरको विज पिधेंर शर्वत बनाई पिए अलकाई रोग सात दिनमा निको हुन्छ ।

पाकेको फर्सी बोक्रा पिसेर त्यसमा मिश्री वा चिनी हालेर शर्वत जस्तै बनाएर पिउने गरेमा पाइल्स र त्यसबाट आउने रगत निको हुन्छ ।

काँचो फिट्किरी र ठुलो हर्रोको क्वाथ बनाएर त्यसमा नरम कपडा भिजाएर ववासीरको फोका वा डल्लोमा राखेर पट्टि बाँध्ने गरे केहि दिनमा आराम हुन्छ ।

२ ग्राम रातीगेडीको जरा नरीवलको पानी संग खाने गरे आधा महिनामा पुर्ण आराम हुन्छ ।

· १ ग्राम नागकेशरको फुलमा मिश्री र नौनी धिउ मिलाई सेवन गरे अलकाईमा लाभ गर्दछ । यसले पाइल्सको घाउ खटिरा सुकेर निको हुन्छ र हात–खुट्टाको जलन पनि निको हुन्छ ।

· चरिअमिलोको फल अलकाईमा सहन सक्ने तातो लगाउने । यसले अत्यन्त पोले, चहराय गाईको धिउ वा नौनी मिलाएर लगाउदा राम्रो हुन्छ ।
नौनी मिसीएको रसाञ्जन अलकाईमा लगाए खटिरा सुक्दछ । फेरी १० ग्राम रसाञ्जन र ५० ग्राम पानी लिएर अर्शको खटिरा धोए आराम हुन्छ ।
सात ग्राम देखी दश ग्राम गोरखमुण्डी (मसला) को धुलो गाईको दुध सँग पिए निको हुन्छ ।
इन्द्रजौको काढा १० ग्रामको दरले एक महिना सेवन गरे बवासीर खुनी–वादी आराम हुन्छ । अथवा इन्द्रजौको चुर्ण र मह खाए पनि निको हुन्छ ।

·प्रत्येक दिन ३ ग्राम कुसुमको फुलको धुलो दहिमा फिटेर खानाले अर्श निको हुन्छ ।

·कुरैयाको बोक्रा कुटेर निस्केको रस २० मिलीलिटर पिउने गरे दुबै थरीका बवासीर निको हुन्छ ।

·माल कागुनोको विज पिधेर लेप गर्नाले अर्श निको हुन्छ ।

·फुलगोबीको पात निचोरेर रस निकालेर अर्शमा लगाए अति लाभ हुन्छ ।

·कागती ३ ग्राम रस मुखमा लिएर गाईको दुधसँग खाएमा फाइदा हुन्छ ?

No comments:

| Copyright © 2013 khabar chautari