उमेर बढाउने तथा पिसाव रोकिएर हुने समस्याका लागि घरेलु औषधि प्याज,,



नियमित प्याज सेवनले उमेर मात्रै बढाउदैन, कतिपय रोगका लागि घरेलु औषधिको काम समेत गर्छ।
 गर्मिमा लू लाग्नु सामान्य कुरा हो। काँचो प्यााज खाँदा लूबाट जोगिन सकिन्छ। यसको रस पिउँदा अझ फाइदाजनक हुन्छ। यही कारण बुढापाकाहरु गर्मीमा प्याज सँगै लिएर हिँड्छन् र अरुलाई पनि त्यस्तै गर्न सुझाइरहेका हुन्छन्।
 कपाल झरेको झ¥यै भइरहेको छ भने यसमा प्याजको रस निकै फाइदाजनक हुन सक्छ । कपालमा प्याजको रस लगाएर केही समय छाड्ने र धुने गर्नालो कपाल झर्ने समस्या घट्नुका साथै चमकदार पनि हुन्छ।
  पिसाव रोकिएर हुने समस्या छ भने यसको रस खाँदा समस्या समाधान हुनसक्छ ।
  प्याजले तापक्रम बढाउँछ। यसकारण चिसो लागेको भएपनि प्याज खानुपर्छ। नाक बन्द हुने वा चिसोले खोकी लाग्ने समस्याको हल प्याज हुन सक्छ।
  प्याज अरु ओखती जस्तै हो। यसले धेरै बिराम ठिक गर्ने र शरीरलाई तन्दुरुस्त राख्ने भएकाले यसले उमेर बढाउँछ भन्ने पूरानै मान्यता छ।
  स्टोनको समस्या भएकालाई एक हदसम्म प्याजको रस समाधान बन्न सक्छ। बिहानै खाली पेटमा प्याजको रस खाँदा यसका लागि लाभदायी हुने बताइन्छ। तर, निकै समस्या छ भने यसको रसको भर मात्रै पर्नुहुदैन।
नोटः कुनै रोगेको औषधि सेवन गरिरहेकाहरुले भने डाक्टरको सल्लाह अनुसार मात्रै प्रयोग गर्नुपर्छ।

No comments:

| Copyright © 2013 khabar chautari