आँखाको सुरक्षाका लागि १० उपाय
लामो समयसम्म आँखालाई चाप पर्नेगरी काम गर्दा दृष्टिशक्तिमा कमी
आउँछ ।
विशेषगरी तपाईंजस्तो कम्युटरको स्क्रिनमा हेरेर काम गर्नेका लागि आँखाको
समस्या देखिनु सामान्य विषय नै बनेको छ । समयमै उचित रेखदेख र स्याहार नगरे
घातक हुन सक्छ । त्यस्तै बढी समय मोवाइल चलाउँदा, लगातार धेरै थाक्ने् गरी
काम गर्दा, निद्रा पुग्नेगरी नसुत्दा आँखामा समस्या आउने तथा आँखाको
ज्योतिमा असर पर्दछ ।
आँखाको ज्योति बचाउनका लागि हामीले चस्मा लगाउने गरेका छौं यदी
चस्मा लगाउन तपाईंलाई हैरानी लाग्छ भने तपाईंले निम्न उपाय अपनाएर
आँखाको ज्योति बढाउन सक्नुहुनेछ ।
दैनिक ६/७ दाना बदामलाई रातको समयमा पानीमा भिजाएर
राख्नुहोस् र बिहान उठेर खानुहोस् ।
गाँजरमा भिटामिन ए, बी तथा सीको मात्रा धेरै हुन्छ । त्यसैले नियमित
गाँजर खाने गर्नुभयो भने आँखाको ज्योति बढ्ने छ ।
त्रिफला रातिको समयमा भिजाएर राखेर बिहान सोही पानीले आँखा
धुनुभयो भने आँखालाई धेरै फाइदा गर्दछ ।
राति नियममित रुपमा सरस्यूको तेलले तालुमा नियमित मालिस
गर्नुहोस् ।
एक चम्चा सुप(खाना खाएपछि खाने मसला), दुई दाना बदाम, आधा
चम्चा मिश्रीलाई पिसेर राति सुत्न भन्दा पहिला दुधमा घोलेर नियमित
रुपमा पिउने गर्नाले आँखाका समस्या हट्ने छन् ।
कान नजिकै घ्यू लगाएर दिनमा ५–१० मिनेट मालिस गर्दा आँखाको
ज्योति बढ्छ ।
दैनिक २–३ गिलास ग्रीन टी पिउनुहोस् । ग्रीन टीमा रहेको
एन्टीअक्सिडेट्सले आँखालाई स्वस्थ राख्दछ ।
सिंगो अमला वा अमलाका विभिन्न परिकार बनाएर दिनमा दुई पटक
खाने गरेमा आँखालाई फाइदा पुग्छ ।
जीरा र मिश्रीको बराबर मात्रा मिसाएर नियमित घ्युसँग खानाले
आँखाको ज्योति बढाउन फाइदा पुग्दछ ।
हरियो सागपात तथा पहेला फलफूल खानमा जोड दिनुहोस् । पालक,
मेथी लगायतका साथ तथा विभिन्न सलादमा पाइने एन्टीअक्सिडेन्टसले
आँखालाई स्वस्थ राख्न सहयोग गर्दछ ।




No comments: