बिहान उठ्ने वित्तिकै पानी पिउनुका ५ फाइदा,,,



पानी बिनाको जीवन कल्पना गर्न सम्म सकिन्न । तर, अमृतसरी पानी मिलाएर उपयुक्त समयमा भने पिउन जान्नु पर्छ ।
बिहान उठ्ने वित्तिकै खाली पेटमा पानी पिए विभिन्न किसिमका फाइदा लिन सकिन्छ । यसबाट पेटजन्य रोग लाग्नबाट पनि बचिन्छ ।
बिहान पानी पिउँदा रगत शुद्ध गर्ने देखि लिएर विभिन्न फाइदा प्राप्त हुन्छ । हरेक दिन बिहान खाली पेटमा कम्तीमा पनि एक गिलास पानी पिउनु आवश्यक छ ।

बिहान उठेर पानी पिउनुका ५ फाइदा

बिहानै उठेर पानी पिउँदा शरीरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ ।
बिहानै पानी पिउँदा शरीरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुनेछ भने जसले शरीरका मांसपेशीलाई समेत बलियो बनाउँछ ।
खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ भने शरीरको तौल घटाउन पनि मद्दत गर्छ ।
कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको कुराले शरीरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ ।


बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ ।

No comments:

| Copyright © 2013 khabar chautari