अत्यन्तै फाइदाजनक छ तिल, तिल खाउँ स्वस्थ रहौं ,,,


मानिसहरुले आफ्नो स्वास्थ्य को निक्कै हेरचाह गर्नु पर्ने हुन्छ, र हामी पनि आफु स्वस्थ्य रहनको लागि अनेक प्रकारको उपायहरु अपनाउने गर्दछौ | कतिपय हामीले आयुर्वेदिक औसधि हरु प्रयोग गर्ने पनि गरेका छौ, आज म तपाइहरुलाई केहि उपायहरु बताउदै छौं , जुन तपाइले व्यवहारमा उतार्नु भयो भने अबश्य पनि स्वस्थ्य रहनमा तपाइलाई धेरै नै सहयोग पुग्नेछ |
(स्वास्थ्य राम्रो रहुन्जेल यी जानकारीहरु तपाईलाई दिक्क लाग्दो हुन सक्छ जब स्वास्थ्य खराब हुनेछ तब यस्ता ज्ञानका कुराहरुको तपाईलाई पनि आवश्यकता हुनेछ त्यसैले शेयर गरेर आफ्नो वालमा लागिरहनु होला आवश्यक परेको दिन पढ़नुहुनेछ/ तपाइको वालमा हेरेर तपाईका आफन्तहरुले पनि केही ज्ञान र लाभ लिन सक्नुहुनेछ ! शेयर गर्नुहोला

तील एक यस्तो खाद्यान्न हो जसले हामीलाई स्वस्थ रहनको लागि निक्कै नै सहयोग गर्दछ | तीलको धेरै राम्रो बिशेषता हुनाले नै हाम्रा अग्रजहरुले कुनै पुजा पाठ होस् या धार्मिक कार्य होस्, तिललाई अनिवार्य गरेका छन् | जाडोको मध्य समय माघ को पहिलो दिन माघे सक्रान्ति मा पनि तिल को लड्डु बनाई खाने प्रचलन आज सम्म पनि कायमै छ |
घिउ संग तिलको प्रयोग गरि खानाले धेरै रोग बाट मुक्ति मिल्छ | त्यसैले तिललाई विभिन्न परिकार बनाएर यसलाई खान सकिन्छ | स्वाद संगै स्वस्थ रहन सकिन्छ |

यदि कसैलाई बारम्बार पिसाब आउने वा पिसाब आउदा धेरै गाह्रो हुने समस्या छ भने तिल खानाले फाइदा हुन्छ |

तील को तेल मा निम को पात राखेर सोहि तेल ले मालिश गर्नाले मुहारमा आएको एलर्जी तथा छाला सम्बन्धि रोगबाट राहत मिल्छ |

तिलको तेल प्रयोग गरिएको खाना खानाले कोलेस्ट्रोल कम गराउने हुनाले हृदय रोग लाग्ने सम्भावना धेरै कम हुन्छ |

तिलको तेल वा भुटेको तिल पिसेर अण्डाको पहेलो भाग फाली सेतो भाग संग मुछी लगाउनाले आगोले पोलेको घाउ निको हुन्छ |

चिया खादा चियामा अलिकति तिल वा तिलको पात र अदुवा हालेर चिया बनाई खाने गर्नाले खोकी छिटो निको हुन्छ |

दिनहु ५-१० ग्राम जति कालो तील राम्रो संग चपाएर खाने गर्नाले गिजा र दात बलियो हुन्छ साथै दातमा किरा लाग्ने सम्भावना निक्कै कम हुन्छ |

तिल, मेथी, सुकेको अदुवा, बेसार सबै लाई पिसेर यसको धुलो दिनहु बिहान बेलुका सेवन गर्नाले अर्थराइटिस रोग बाट मुक्ति मिल्छ |

तिलको सेबन गर्नाले रुघाखोकी निको हुनु को साथै हाडजोर्नी मा हुने दुखाइ कम हुन्छ |

अन्य धेरै फाइदा हरु छन् तिलका त्यसैले तिलको नियमित सेबन गर्नाले अबश्य पनि स्वस्थ रहन सकिन्छ |

No comments:

| Copyright © 2013 khabar chautari