कपाल झर्ने र फुल्ने समस्या भए खानुहोस् यी खानेकुरा,,,



कपाल झर्ने समस्या अधिकांश महिला तथा
पुरुषहरुको जल्दोबल्दो समस्या हो । अझ उमेर नपुग्दै कपाल
फुल्दा कतिपय युवा युवतीलाई चिन्ता मात्र थपेको छैन, बैशमै
सौन्दर्य गुमाउन बाध्य छन् । कपाल झर्न थालेपछि रोक्न
विभिन्न उृपाय अपनाइन्छ तर झर्नै नदिने उपायतिर कोही
सचेत भएको पाइन्नँ । हामीले खाने खानाले पनि कपालसँग
महत्वपूर्ण सम्बन्ध राख्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।
केही खानेकुरा छन् जसले कपालको जरा कडा बनाउनुका साथै
समय नपुगी कपाल फुल्नबाट जोगाउँछन् ।

पालकको सागः फलामको कमिले पनि अधिकांश महिला
तथा पुरुषको कपाल झर्ने गर्छ । मासिक धर्म रोकिएपछि
कतिपय महिलामा यस्तो समस्या देखिन्छ । पालकको
सागमा पर्याप्त मात्रामा फलाम र भिटामिन हुन्छ जसले
कपाललाई स्वस्थ तथा कडा बनाउँछ र उमेर नपुगी कपाल
झर्नबाट बचाउँछ ।

गाजरः गाजरमा बेटा क्यारोटिन र भिटामिन ए प्रशस्त हुन्छ
जसले कपाल बृद्धि गर्न बचाउनुका साथै कपालका जराहरुलाई
बलियो बनाई झर्न बाट बचाउछ । तसर्थ नियमित रुपमा दैनिक
दुईटा गाजर खाँदा कपाल झर्नबाट जोगिन सकिन्छ ।

अण्डाः अण्डामा प्रशस्त मात्रामा प्रोटिनको मात्रा
हुन्छ । त्यस्तै अन्डामा हुने बायोटिनले कोषहरुलाई प्रबद्र्धन
गर्नुका साथै कपाल झर्नबाट बलियो बनाउँछ । कपालको
सुरक्षा र कपालको मजबुत जरा तथा आकर्षक कपालको
लागि बायोटिन (भिटामिन बी) अनिवार्य भएको
जनावरहरुमाथि गरिएका विभिन्न अध्ययनले पुष्टि गरेको छन्।

ओखरः बायोटिन र भिटामिन बी हुने एक मात्र ‘नट’ हो ओखर
। ओखरले तालुमा पर्याप्त भिटामिन दिनुका साथै समय नपुगी
कपाल झर्नबाट बचाउनुका साथै कपालको जरालाई बलियो
बनाउँछ ।

दहीः भिटामिन बीयुक्त दही स्वास्थ्य र कपालका लागि
महत्वपूर्ण मानिन्छ । कपालका जरा बलियो बनाउन, कपाल
आर्कषक र बलियो बनाउन दहीले महत्वपूर्ण भूमिका खेल्ने
जनावर सम्बन्धी गरिएका विभिन्न अध्ययनले खुलासा गरेका
छन् ।

No comments:

| Copyright © 2013 khabar chautari