प्रसस्त केरा खाने मान्छेमा हृदयाघात तथा अन्य मुटुजन्य रोगको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । अध्ययनकर्ताहरुका अनुसार केरा लगायत पोटासियम पाइने फलफूल नियमित खाने तथा नुन बढि हुने विभिन्न खाले ड्राइ फुड कम
खाने मानिसमा हृदयाघातको खतरा कम हुन्छ । पोटासियम पर्याप्त हुने फलफुलले रक्तचाप कम गर्न मद्दत गर्ने र नुनको सेवन घटाउँदा अझ फाइदाजनक
हुने अनसन्धानकर्ताहरुको भनाई छ । अध्ययनले पोटासियम पाइने फलफुल प्रसस्त खाने
मानिसमा हृदयाघातको जोखिम २४ प्रतिशतले कम हुने पनि देखाएको छ ।केरा अत्यधिक पोटासियम पाइने फल मध्येको एक हो । एक कोसा केरामा झण्डै ४२० मिलिग्राम पोटासियम पाइन्छ ।
यसअघि पोटासियमको बढि मात्रा शरीरका लागि हानिकारक हुने र त्यसले मृगौलामा खराबी गर्ने विश्वास गरिँदै आएकोमा पछिल्लो अनुसन्धानले भने पोटासियमले मृगौलामा कुनै हानि नगर्ने पुष्टि भएको हो । एक जना व्यक्तिलाई सन्तुलित भोजनका निमित्त एक दिनमा ३५ सय मिलिग्राम सम्म पोटासियम आवश्यक पर्ने बताइन्छ. ।




No comments: