मृगौला जाला है, ख्याल गर्नुहोस् ,,,



मृगौला भनेको शरीरको पेट पछाडि ढाडको दुवैतिर रहेको दुईवटा अति महत्वपूर्ण अगं हो । रगतमा भएको फोहोर पिसावबाट फालेर रगत सफा राख्दछ । यसले रगतमा भएको नुन र खनिज पदार्थ सन्तुलनमा राख्दछ । यसले रक्तचाप सन्तुलनका लागी पनि महत्वपूर्ण कार्य गर्दछ । हृदयघात, मुटुरोग, अत्याधिक मदिरा सेवन, उच्च रक्तचाप लगायत अन्य रोगका कारण मृगौलाले काम गर्न सक्दैन् । नेपालमा करिब ३० लाख मानिसलाई मृगौलासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको छ । मिर्गौलाको उपचार अत्यन्त महँगो भएका कारण पनि यो रोगबाट बच्नका लागि सचेतना फैलाउनुपर्ने आवश्यकता छ । बर्षेनी लाखौं व्यक्ति दीर्घकालीन मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् । मृगौला किन फेल हुन्छ त ? प्रत्येक मृगौला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ र त्यसमा लाखौको संख्यामा नेफोनहरु हुन्छन । जुन एउटा अति नै सानो फिल्टर जस्तै हुन्छ र यो फिल्टरले रगतमा भएको फोहोर पदार्थ र बढी भएको पानी छानेर पिसाब बाट बाहिर पठाउँछ । मृगौलाको फिल्टरले काम नगरेर नै छिन छिनमा पिसाब लाग्ने गर्छ ।

‪मृगौला फेल हुने कारणहरु‬
हृदयघात
मुटुरोग
अत्याधिक मदिरा सेवन,
उक्त रक्तचाप
मधुमेह
संक्रमणजन्य रोग
कलेजो, बिग्रेको अवस्थामा
मृगौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मिर्गौला बिगार्न सक्छ ।
ग्लोमरुलोनेफ्राइटिस, पोलिसिस्टिक किड्नी डिजिज अर्थात् पानीको फोका देखिने रोगले पनि मृगौला खराब गर्छ ।

के हुन लक्षण‬ ?
थकाइ र कमजोरीको महसुस हुनु,
काममा कम ध्यान जानु,
खानामा अरुचि,
निदाउन कठिनाइ,
राति खुट्टाको मासु गल्नु र फर्किनु,
गोडा सुन्निनु,
बिहान आँखा वरिपरि सुन्निनु,
छाला सुख्खा हुनु र चिलाउनु,
राति बढी पिसाब लाग्नु, रक्तअल्पता ।
महिनावारीमा अनियमितता
स्याँस्याँ हुने ,
पिसाब फेर्न गाह्रो हुने र छिन छिनमा पिसाब लाग्ने हुन्छ ।

‪ मृगौला रोगबाट कसरी बच्ने त‬ ?
कम्तीमा वर्षमा एक पटक मृगौलाको नियमीत परीक्षण गराउने ।
खानपानमा ध्यान पुर्याउदै अक्जालेट कम भएका खाना खान खाने ।
पान, गुटखा र सुपारी,मधपान धुमपानको कुलत बाट टाढारहने ।
जथाभाबि एन्टिवायोटीको प्रयोग नगर्ने, गर्नैे परेपनी चिकित्सकको सल्लानुसार प्रयोग गर्ने
प्रयाप्त पानी पिउने ।
तौल सन्तुलनमा राख्नु र
रक्तचाप नियन्त्रण गर्नु मिर्गौला बचाउने उपाय हुन् ।
औषधि प्रयोगमा सावधानी अपनाउने ।
सामान्य बिरामी हुँदा पनि औषधि प्रयोग गरिहाल्ने बानी हटाउने ।
स्वच्छ पानी प्रशस्त पिउने ।
नियमित व्यायाम गर्ने ।
जाँडरक्सी तथा चुरोट, बिँडीबाट टाढा रहने ।
सन्तुलित आहार गर्ने बानी बसाल्ने र
परिवारका कुनै सदस्यलाई पत्थरी, मधुमेहजस्ता रोगको संक्रमण भएमा विशेष सजगता अपनाउनुपर्ने चिकित्सकहरू सुझाव दिन्छन् ।

No comments:

| Copyright © 2013 khabar chautari