कागतीको प्रयोग कुन रोगमा कसरी गर्ने ??



कागतीले सौन्दर्य र घरको शोभा बढाँउछ भनेर पुराणमा लेखिएको छ । यसले पाचन शक्ति वृृद्धि गर्छ, भोक जगाउँछ र शरीरमा स्फुर्ति बढाउँछ । यसमा पर्याप्त मात्रामा भिटामिन ‘सी’ पाईन्छ । दालसँग प्रयोग गर्दा कागतीले शररीमा लौहतत्व शोषण गर्न मद्दत गर्दछ । सधैँ कागती खाने घरका मानिस बिरामी हुदैनन् भन्ने प्राचीन मान्यता छ । यसमा पाईने अमिलो तत्व (सिट्रिक एसिड)मा औषधिको गुण हुन्छ ।
वाकवाकी लागेमा: काटेर नुनमा मिसाएर चाट्ने ।
उच्च रक्तचापमा: एक चम्चा रस एक कप पानीमा मिसाएर पिउने ।
जन्डिस हुँदा: १० वटाजति पात पानीमा उमालेर पिउने ।
घाँटी दुख्दा: उमालेको पानीमा महसँग मिसाएर पिउने ।
मुख गन्हाउँदा: रस पानीमा अलिकती हालेर कुल्ला गर्ने ।
मुखमा घाउ भएमा: रस पानीमा हालेर बारम्बार पिउने ।
दाँतबाट रगत आएमा: बोक्रा सुकाएर पिस्ने र कम नुनमा मिसाएर दाँत माझ्ने ।
चिसो लाग्दा: एक कप तातो पानीमा निचोरेर एक चम्चा मह मिसाउने र बारम्बार पिउने ।
लु लागेका बेला: दुई चम्चा चिनी ,आधा चम्चा नुन र तीन चम्चा कागतीको रस पानीमा मिसाएर पिउने ।
पसिना गन्हाउने समस्यामा: पानीमा दुई चम्चा रस राखेर नुहाउने, नुहाईसकेपछि बोक्रा काखी र खुटटामा दल्ने ।
छालाको सौन्दर्य बढाउन: अलिकती बेसन र दहीमा रस मिसाएर लगातार अनुहारमा लेप लगाउने र केहिबेरपछि धुने ।
जुम्रा पर्दा: दुई चम्चा रस र १/२ चम्चा लसुनको लेदो बनाएर ३/४ घण्टासम्म टाउकोमा लगाउने । कपालको जरामा लेदोले मसाज गर्ने । ३ /४ घण्टापछि पखाल्ने । जुम्रा ननिख्रनुजेल सातामा २\३ चोटी दोहोयाउने ।
अपच भएका बेला: कागती र अदुवाको सानासाना टुक्रा पारेर खाने ।

No comments:

| Copyright © 2013 khabar chautari