गोलभेंडाले घटाउँछ डिप्रेसन...



गोलभेंडाले डिप्रेसन घटाउन सहयोग गर्ने एक अनुसन्धानले दाबी गरेको छ ।

यो अध्ययन 'एफेक्टिभ डिजअर्डर' मा प्रकाशित छ । जसमा ७० भन्दा बढी उमेरका करिब एक हजार पुरुष र महिलाको खाने बानी र मानसिक स्वास्थ्यको विश्लेषण गरिएको थियो ।

अध्ययन अनुसार जो व्यक्ति सातामा दुईदेखि ६ पटकसम्म गोलभेंडा खान्छन्, उनीहरूलाई अन्यको दाँजोमा डिप्रेसन पीडित हुने खतरा ४६ प्रतिशतसम्म कम हुन्छ ।

चीन र जापानका अनुसन्धानकर्ताद्वारा गरिएको उक्त अध्ययनमा पाइएअनुसार अन्य फल वा सागसब्जीको सेवनले भने यस्तो फाइदा पुर्‍याउँदैन । मानसिक रूपले स्वस्थ रहनका लागि काउली, प्याज, गाँजर, लौका धेरै कम फाइदाजनक देखिएको छ । गोलभेंडामा एन्टिअक्सिडेन्ट रसायन धेरै बढी हुने भएकाले डिप्रेसनबाहेक अन्य केही रोगबाट समेत जोगाउन सघाउँछ ।

No comments:

| Copyright © 2013 khabar chautari