जानिराखाैँ काँक्रो खानुका फाइदाहरु



हामी गर्मी मौसममा शरीरलाई शीतल रख्न र शरीरमा पानीको मात्रा बढाउन खाने गर्छौ। सामान्तया सबै मानिसहरु काँक्रो खान्छन् तर यसको फाइदाको बारेमा धेरै कम मानिसहरुलाई मात्र थाहा छ।

जानौं काँक्रो खानुका केही फाइदाहरुः
काँक्रोमा फिस्टिन नामक एन्टि इन्फ्लामेटरी तत्व पाइन्छ जसले दिमागलाई स्वस्थ राख्नमा मद्दत गर्छ। यसका साथै यसले बौद्धिक क्षमताको पनि विकाश गर्छ।
यसमा पाइने लिगनान्स तत्वले स्तन, अण्डाशय सम्बन्धी र प्रोस्टेट क्यान्सरको खतरालाई कम गर्छ।
काँक्रो खानाले शरीरमा भएका नचाहिने इन्फ्लामेसनलाई कम गर्छ।
काँक्रोमा पाइने विभिन्न तत्वहरुले पुराना रोग तथा मुटु रोगको खतरालाई कम गर्छ।
काँक्रोको टुक्रा मुख भित्र राख्नाले सास गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ।
काँक्रोमा पाइने भिटामिन बी १, बी ५ र बी ७ ले ब्याकुलता र तनावबाट मुक्ति दिलाउँछ।
काँक्रोमा पानी र फाइबर पाइने भएकाले यसले पाचन प्रणलीलाई सन्तुलीत बनाउँछ।
यसका क्यालोरीको मात्रा निकै कम पाइने भएकाले यसले वजन बढ्न दिदैँन।
काँक्रोमा पोटासियम पाइने भएकाले यसले रक्तचापलाई नियन्त्रण गर्छ र हृदयघात खतरा पनि कम गर्छ।

No comments:

| Copyright © 2013 khabar chautari