खासगरी, महिलाका लागि मेथी धेरै गुणकारी मानिन्छ । मेथीको सेवनले महिलालाई गर्भवतीको समय एवं महिनावारीपछि कमजोर महसुस हुँदैन । यसका साथै दूध खुवाउने आमालाई मेथीको साग फाइदाजनक मानिन्छ ।
स्वास्थ्यमा फाइदा
पिसाबसम्बन्धि समस्या- मेथीको सब्जीको १ सय ग्राम रसमा २ ग्राम क्वाथ र ५ ग्राम चिनी मिलाएर पिउनाले छिनछिनमा पिसाब लाग्ने समस्या कम हुन्छ ।
पेट पोल्ने- मेथीको सुक्खा पातसँग मह मिलाएर उमालेको पानी दिनमा दर्ुइपटक पिउनाले पेट पोल्दा आराम मिल्छ ।
बाथरोग-मेथीको रसले वाथनासक औषधिको काम गर्छ ।
सौर्न्दर्यमा फाइदा
-मेथीको सेवनले पेट सफा गर्छ । यसले छाला स्वस्थ र सफा देखिन्छ ।
-मेथीको सेवनले अनुहारमा दाग, फूस्रो हुने, फूट्ने संभावना कम हुन्छ ।
-मेथीको पात वा मेथीको गेडा पिसेर कपाल धुनाले कपाल चम्किलो र बलियो हुन्छ ।




No comments: