पायल्स रोग सम्बन्धि जानकारी...


मलद्धार फुल्नाले केराउको दाना जस्तो मासुको टुक्रा पलाउछ, त्यसलाई बवासीर या पायल्स भनिन्छ । यो रोगले बिरामीलाई धेरै पिडा दिन्छ । यो रोग बादी र खूनी दुई प्रकारको हुन्छ । बादी पायल्समा गुद्द्धारमा पीडा, चिलाउने र फुल्ने हुन्छ । तर खुनी पायल्समा मासुमा दिसा ठोक्किएर रक्तश्राव हुन्छ ।

कारण
पायल्सहुनुको प्रमुख कारणमा कब्जियत, अर्जीण, अत्याधिक मदिरापान, नशा लाग्ने चिज खानु, पिरो तारेको, मसालेदार खाना खानु, बसिरहने काम गर्नु, श्रम या व्यायाम नगर्नु, धुम्रपान, राती धेरै बेर जागा बस्नु, कलेजोको खराबी, गुदा मैथुन गर्नु आदि ।

लक्षण
यो रोगको लक्षणमा ट्वाइलेटमा धेरै बेर बस्दा पनि दिसा थोरै मात्र हुनु, गुद्द्धारमा काँडा बिझेजस्तो दुखाई, फुल्नु, चिलाउनु, रगत आउनु, धेरै रगत गएर शरीर पहेंलो देखिनु, कमजोरी, रिंगटा घबराहट हुनु, चिन्ता, रिस, अपान वायु अर्थात पाद रोक्नु, बल गरेर पाद्नु, आँखामा शोथ, खानामा अरुचि आदि ।

के खाने
गहुँको चोक्कर सहित बनेको रोटी
जौ, पुरानो चामल, रहर, मूंगुको दाल
फलमा बेल, अनार, काँचो नरिवल, केरा, अमला
तरकारीमा घिरौला, परवल, टमाटर, गाँजर, पालुंगो
खानासँग मूला खाने
नियमित रुपमा मेवा खाने
करेलाको रस
दहीको लस्सी खाने
धनिँयाको रसमा मिस्री मिलाएर खाने
पानी धेरै पिउने

के नखाने
भारी, तातो, तिखो पिरो, मसालेदार खाना
बासी, मासको दाल, माछा, मासु, अण्डा, चना, अमिलो
भाण्टा, आलु, सख्खर, डिब्बा बन्द गरेर बेच्न राखिएका चीज
धेरै चिया, कफी, रक्सी नपिउने, तमाखु, अफीम
रोग नियन्त्रणमा सहायक उपाय
के गर्ने
कब्जियत हुन नदिने
व्यायाम गर्ने
ट्वाइलेट पछि जैतुनको तेल लगाउने
शौचालय गइसकेपछि वा सुत्नुअघि तोरीको तेल गुद्द्धार भित्र दुई तीन चोटी लगाउने
व्यायाम आसनमा पादागुष्ठासन र उत्तानपादासन नियमित रुपले गर्ने

के नगर्ने
दिसा, पिसाब आदि नरोक्ने
कठोर आसनमा धेरै बेरसम्म नबस्ने
साइकल धेरै नचलाउने
ऊँट, घोडामा नचढ्ने
धेरै स्त्रीसँग संभोग नगर्ने
राती धेरैबेर नबस्ने, व्रत नलिने

No comments:

| Copyright © 2013 khabar chautari