दिसाबाट रगत जाने समस्याको उपचार : स्वास्थ्य..,


दिसाबाट रगत जानु रोगको लक्षण हो । ज्वरो आउने बित्तिकै यदि रोग भएको भन्न नसकिएझै दिसाबाट रगत आएकै भरमा यही रोग हो भन्न चाँहि सकिदैन । यसका अनेकौ कारणहरु हुन्छन् । मलद्वारमा साधारण घाउ भएर पनि रगत बग्न सक्छ र क्यान्सरको जस्तो रोग भएर पनि रगत बग्न सक्छ । त्यसैले दिसाबाट रगत आउनासाथ यसको सही पहिचान गरेर उपचारमा लागिहाल्नु बुद्धिमानी हुन्छ ।

फार्मेसीमा सोधेर औषधी मात्र किन्दा साधारण घाउका लागि मात्र काम लाग्ने औषधि दिने गरिन्छ । तर अन्य कारणहरु राम्रो सँग नजाँची थाहा हुन सक्तैन ।
दिसामा रगत आउनुको कारण ?
दिसामा रगत आउनुका धेरै कारण हुन्छन् । मुखदेखि मलद्वारसम्मको आन्द्राको जनुसुके भागमा पनि मासु पलाएर वा घाउ भएर मलद्वारबाट रगत बग्न सक्छ । शरीरकै अन्य रोगका कारण पनि त्यस्तो लक्षण देखिन सक्छ । शरीरमा रगतको खराबीले मात्र पनि यस्तो हुन सक्छ । सामान्यतया मलद्वाराबाट रगत बगेको अवस्थामा मान्छेको उमेर अनुसारको रोगको अनुमान गर्ने गरिन्छ । तर यो अनुमान मात्र हो । शत प्रतिशत रोगको निदान भने होइन । जस्तै बच्चामा साधारण मासु पलाएको रोग ९एयथिउड, ःभअपभुिक मष्खभचतष्अगगिm० वा आन्द्राको घाउ ९ल्भअचयतष्शष्लन भलतभचयअयष्तिष्क० ले गर्दा रगत आउने सम्भावना बढी हुन्छ । वयस्कमा भने पायल्स ९ज्बmियचचयष्म०, क्षयरोग ९त्।द्य।० मुख्य कारण हुन सक्छन् । बृद्ध मानिसमा भने क्यान्सर प्रमुख कारण बन्न सक्छ । दिसामा देखिने रगत पनि रोग अनुसार फरक–फरक हुन सक्छ । रातो, कालो, कलेजी रंगको रगतको आ–आफ्नै महत्व छ ।
रोग निदान विधि ः
दिसामा रगत आएको पाइएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिने तथा सम्बन्धित चिकित्सक कहाँ जाँच गराउने गर्नुपर्छ । चिकित्सकबाट सबै कुरा राम्रो सँग सोधखोज गरिसकेपछि जाँच सुरु गरिन्छ । चिकित्सकले मलद्वारमा एउटा छोटो पाइप पसाएर छाम्छन र मलद्वारमा पसाएर पनि जाँचिन्छन् । आवश्यक परेमा साढे एक मिटर लामो पाइप ९ऋययिलकयकअयउभ० द्वारा ठूलो आन्द्रा जाँच गर्ने सल्लाह दिइन्छ ।
कहिलेकाँही ठूलो आन्द्राको माथिल्लो भागमा क्यान्सर भएको हुन सक्छ । मलद्वारमा जाँचेर पायल्स वा साधारण घाउ मात्र पत्ता लाग्छ । त्यसैले कोलोनोस्कोपी उपकरणबाट जाँच गर्न आवश्यक हुन्छ । कहिलेकाँही विरामी दुब्लाउँदै जाने मात्र देखिएको हुन्छ र दिसामा आँखाले देखिने रगत देखा पर्दैन । यस्तो बेलामा आन्द्राको क्यान्सरको शंका गरिन्छ । दिसामा रगत छ या छैन भनेर सुक्ष्म जाँच गरिन्छ । यदि आँखाले नदेखिने रगत रहेछ भने त्यस विरामीलाई कोलेग्नोस्कोपी गर्ने सल्लाह दिइन्छ । यदि माथिल्लो आन्द्राबाट रगत बगेको शंका लागेमा इन्डोस्कोपी गर्ने गरिन्छ ।
उपचार ः
के कारणले दिसाबाट रगत आएको छ भन्ने थाहा भएपछि उपचारमा सजिलो हुन्छ । जे कारणले रगत बगेको हो त्यो कारणको उपचारतिर लाग्नु पर्दछ । आन्द्राको घाउ वा अल्सरले रगत आएको हो भने त्यसको उपचार गर्नुपर्छ । धेरै मानिसमा हुने रोगमा पायल्स पनि पर्छ । मलद्वारमा रगतका नसाहरु सुन्निएर बन्ने डल्लो परेको भागलाई पायल्स हो । दिसा कब्जियत भएकै कारणले मात्र पनि पायल्स हुन सक्छ । कलेजोको रोगले पनि हुन सक्छ । त्यस्तै क्यान्सरले पनि हुन सक्छ । त्यसैले पहिला कारण पत्ता लगाएर मात्र उपचारमा लाग्नुपर्छ । कुनै विरामीमा पायल्स बाहिरबाट देखिदैन । प्रोटोस्कोपबाट मात्र चिकित्सकले पायल्स भएको देख्न सक्छन् । यसले अलि ठूलो रुप लिएपछि विरामीले छाम्दा थाहा हुन्छ । दिसा गर्दा बाहिर निस्कन्छ र दिसा गरिसकेपछि भित्र जान्छ । विरामी आफैले ठेलेर भित्र पठाउन पनि सक्छन् । कुनै पायल्स भने मलद्वार बाहिर नै बनेको हुन्छन् वा भित्रबाट निस्केर बसेका हुन्छन् । यसलाई भित्र पसाउन सकिदैन । पायल्स साधारणतया दुख्दैन तर पायल्स भित्र रगत जम्यो भने असाध्य दुख्ने हुन्छ । अनि तुरुन्तै अस्पताल जानु पर्ने अवस्था सृजना हुन्छ । त्यसबेला चिकित्सकले जमेको रगत निकाल्नु पर्ने हुन्छ । अस्पतालमा देखिने पायल्सका विरामीहरु धेरै किसिमका हुन्छन् । एक किसिमका विरामीहरु पढेलेखेका जान्ने बुझ्ने वा बढि संवेदनशील हुन्छन् । यस्ता विरामीहरु साधारण एक दुई थोपा रगत बग्दैमा अस्पताल पुग्छन् । सामान्यतया उनीहरुलाई पायल्स भएको हुन्छ । दोस्रो किसिमका विरामीमा लामो समयदेखि दिसा गर्दा मासुको डल्लो बाहिर निस्केको हुन्छ र हाल आएर रगत बग्न थालेको हुन्छ । जाँच गर्दा पायल्स मात्र भएको हुन सक्छ । तेस्रो किसिमका विरामीहरु अति कमजोर हुन्छन् । रगत धेरै बगेर सहन नसक्ने अवस्था पुगेका हुन्छन् । उनीहरुलाई तुरुन्तै भर्ना गरेर रगत चढाउनु पर्ने हुन्छ । चौथो किसिमका विरामीहरु पायल्स भन्दै उपचार गराइरहेका र दुब्लाउँदै गएका हुन्छन् । जसलाई जाँचपछि क्यान्सर भएको वा फैलिसकेको पत्ता लाग्छ । पाँचौ किसिमका विरामी पायल्समा रगत जमी अत्यन्त दुखेर आएका हुन्छन् । यस्तोमा जमेको रगत निकालेपछि तुरुन्तै आराम हुन्छ । छैटौ किसिमका विरामी यस्ता हुन्छन् जो आफूलाई पायल्स नै भएको भन्ने कुरामा दृढ हुन्छन् तर कुनै जाँचले पनि पायल्स पत्ता लाग्दैन । उनीहरु मानसिक रोगका सिकार भइसकेका हुन्छन् । त्यस्ता विरामीलाई सबै जाँच गरेर पत्ता नलागेपछि मानसिक रोगको चिकित्सक कहाँ पठाइन्छ ।
पायल्सको रुप ठूलो सानो अनुसार उपचारको विधि पनि फरक हुन्छ । सानो खाले पायल्सलाई औषधीबाट ठीक पारिन्छ र ठूलो खालकोलाई शल्यक्रिया नगरी रबरले बाँध्ने विधिबाट वा अझ ठूलोलाई शल्यक्रियाबाट उपचार गरिन्छ । शल्यक्रिया पनि दुई किसिमले गरिन्छ । पहिलेदेखि चल्दै आएको विधि चिरेर गरिने तरिका हो । हाल नचिरिकन आधुनिक विधिबाट शल्यक्रिया गरिन्छ । यसले गर्दा विरामीलाई शल्यक्रियापश्चात दुखाई नहुने वा अत्यन्त कम हुने, शल्यक्रिया गरेकै दिन वा भोलीपल्टै घर जान सकिने हुन्छ । घाउ पनि असाध्यै चाँडो ठीक हुन्छ तर यो विधि अलि खर्चिलो हुन्छ । उपचारपछि भविष्यमा पायल्स नहोस् भनी केही उपायहरु सिकाइन्छ । पानी धेरै पिउने, सागसब्जी, फलफूल धेरै खाने, ब्यायाम गर्ने गर्दा दिसा साफ हुन्छ र पायल्सबाट पनि बच्न सकिन्छ । क्यान्सर भएको कारणले पायल्स भएको रहेछ भने सम्बन्धित रोगको उपचारमा लाग्नुपर्छ ।

No comments:

| Copyright © 2013 khabar chautari