क्यान्सरका १० तथ्य ...



क्यान्सरका एक सय भन्दा बढी प्रकार छन् । यो रोगले शरीरको जुनसुकै भागमा पनि असर गर्न सक्छ । २. सन् २००८ मा क्यान्सरका कारण ७६ लाख मानिसको मृत्यु भएको थियो । यो भनेको विश्वभरमा हुने समग्र मृत्युको १३ प्रतिशत हो । क्यान्सरका कारण हुने समग्र मृत्युमध्ये ७० प्रतिशत मृत्यु अल्प विकसित र कम विकसित देशमा हुने गरेको छ । ४. विश्वभरमा नै क्यान्सरका कारण हुने पुरुष मृत्युमध्येमा फोक्सो, पेट, कलेजो, कोलोरेक्टल र अन्न नलीको क्यान्सर प्रमुख पाँच कारण रहेका छन् । ५. विश्वभरमा नै क्यान्सरका कारण हुने महिला मृत्युमध्येमा स्तन, फोक्सो, पेट, कोलोरेक्टल र पाठेघरको क्यान्सर प्रमुख पाँच कारण रहेका छन् । ६. सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गरेमा क्यान्सरबाट हुने २२ प्रतिशत मृत्यु रोक्न सकिन्छ । विश्वमा क्यान्सर रोकथाम गर्न सकिने यो एक मात्र ठुलो उपाय हो । ७. विश्वभरमा हुने क्यान्सरका कारणमध्ये पाँच भागको एक भाग जटिल संक्रमणका कारण हुन्छ । उदाहरणका लागि ह्युमन प्यापिलोमा भाइरसका कारण पाठेघरको मुखको क्यान्सर र हेपाटाइटिस बी भाइरसका कारण कलेजोको क्यान्सर हुन्छ । ८. समयमा नै पत्ता लगाई उचित उपचार गर्ने हो भने स्तन, पाठेघर, मुख र कोलोरेक्टल क्यान्सर निको पार्न सकिन्छ । ९. क्यान्सर लागी सकेपछि हुने पीडाबारे र अन्तिम अवस्थामा दिइने सेवाको बारेमा जानकारी दिँदा क्यान्सर लागेका व्यक्तिहरुको अन्तिम क्षण सहज हुन्छ । १०. सूर्तीजन्य पदार्थको प्रयोग नगर्ने, सन्तुलित भोजन गर्ने, व्यायाम गर्ने र सन्तुलित मात्रामा मद्यपान सेवन गर्दा ३० प्रतिशत भन्दा बढी क्यान्सर निदान गर्न सकिन्छ । साथै विकासोन्मुख राष्ट्रमा ह्युमन प्यापिलोमा भाइरस र हेपाटाइटिस बिबिरुद्धको खोप दिइयो भने क्यान्सरका कारण हुने २० प्रतिशत मृत्यु कम गर्न सकिन्छ ।

No comments:

| Copyright © 2013 khabar chautari