कागती : एक औषधी...


भिटामिन ‘सी’ युक्त कागती स्फुर्तीदायक र रोग निवारक फल हो । विभिन्न तथ्यपत्रहरू अनुसार कागती ऋतु अनुसार आफ्नो गुणमा परिवर्तन गर्छ र ऋतुको दोषको अनुकूल गुण उत्पन्न गर्छ । प्रत्येक प्रकारको कागतीमा साइटि्रक अम्ल र प्राकृतिक लवण -पोटास र फास्फोरस) मुख्य रूपमा हुन्छ । यो लवण रगतको अम्लतालाई हटाउँदै क्षारत्व दिन्छ र रगत शुद्घ गर्छ । सबै रोग हटाउन सहयोगी भएकोले कागतीलाई औषधि समेत मानिन्छ ।
कागतीमा भिटामिन ‘ए’ एक भाग भए भिटामी ‘बी’ दुई भाग र भिटामिन ‘सी’ तीन भाग हुन्छ । यसमा पोटेसिय, फलाम, म्याग्नेसियम, सोडियमभ, तामा, फास्फोरस, क्लोरिनको साथै प्रोटिन बोसो र कार्बोज पनि पर्याप्त मात्रामा हुन्छ ।
कागतीले यसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुको साथै एन्टिआक्सिडेन्टको काम गर्छ र कोलेस्ट्रोल कम गर्छ । कागतीमा भएको भिटामिन ‘सी’ र पोटेसियम घुलनशील हुन्छ जसले बढी मात्रामा यसको सेवन समेत नोक्सानी पुर्‍याउँदैन ।
रक्तअल्पता पीडितहरूलाई समेत कागती फायदायी मानिन्छ । एउटा कागतीले दिनभरिको भिटामिन ‘सी’ को आवश्यकता पूर्ति गर्छ । आयुर्वेद अनुसार कागती अपच एवं पेटको अन्य बिकारमा उपयोगी मानिन्छ । यो स्कर्वी रोगको विशेष औषधि हो । स्कर्वी रोग भिटामिन ‘सी’ को कमीले हुन्छ । कागतीमा भने भिटामिन ‘सी’ प्रचुर हुन्छ ।
यसको उपयोग कब्जियत, रक्तचापको समस्या हटाउन सहयोगी हुन्छ । कागती छाला रोग, गिजा सुन्निनु, घाँटीको खसखस, टन्सिल रोगमा समेत लाभप्रद मानिन्छ । यो आँखा, कान रोगमा समेत फाइदा गर्छ । मुखको घाउ, डन्डिफेर, घाउ, दाँत एवं छाला रोगमा फाइदाकारी मानिन्छ ।
कागतीले काँचो वा पाकेको तरकारीको स्वाद बढाएर रुचिकर बनाउँछ । यसलाई केरा, स्याउको टुक्रामाथि हाल्दा रंग नबिग्रेर स्वाद समेत बढ्ने गरेको छ ।
कागतीले सौन्दर्य र घरको सोभा बढाउन्छ भन्ने कुरा पुराणमा उल्लेख गरिएको छ| यसमा प्रयाप्त मात्रामा भिटामिन सी पाइन्छ| सदै कागती खाने घरमा मानिस बिरामी हुदैनन भन्ने प्राचिन मान्यता छ| कागतीमा पाइने
अमिलो तत्व ले यसमा औसधिको गुण थपेको छ|
यसको प्रयोग विभिन्न रोगहरुमा गरिन्छ
वाकवाकी लागेमा: कागतीको टुक्रालाई काटेर नुनमा मिसाएर चाट्ने|
उच्च रक्तचाप: एक चम्चा लाइ एक कप पानीमा मिसाएर पिउने|
जन्डिस हुदा: कागतीक १० वटा जति पात पानीमा उमालेर पिउने|
घाटी दुखद: उमालेर पानीमा कागती र मह मिसाएर बिस्तारै पिउने|
मुख ग्न्हाउदा: कागतीको रस अलिकति पानीमा हालेर कुल्ला गर्ने|
दातबाट रगत आएमा: कागतीको बोक्रा सुकाएर पिस्ने ट अलिकति नुनमा मिसाएर दात माझ्ने|
चिसो लाग्दा: एक कप तातो पानीमा कागती निचोरेर एक चम्चा मह मिसाउने र बारम्बार पिउने|
लु लागेमा: दुइ चम्चा चिनी, आधा चम्चा नुन र तिन चम्चा कागतीको रस पानीमा मिलाएर पिउने|
जुम्रा पर्दा: दुइ चम्चा कागतीको रस र एक दुइ चम्चा लसुनको लेदो बनाएर ३-४ घन्टासम्म टाउकोमा लगाउने| कपालमा यो लेदोको मसाज गर्ने|
अपच भएका बेला: कागती र अदुवा साना टुक्रा पारेर नुनसंग मिसाएर खाने|
वाकवाक लागेमा: अलिकति जिर कागतीको रसमा भिजाउने| १२-१५ घण्टा भिजेपछि घाममा सुकाउने, सुकेपछि बोतलमा राखने, वाकवाक लाग्दा चपाउने अनि पानीले निल्ने|

No comments:

| Copyright © 2013 khabar chautari