नरिवल अति उपयोगी फल हो । यसको फल, पानी र तेल सबै उपयोगी मानिन्छ । आयुर्वेदअनुसार यो ढिलो गरी पाचन हुने, मूत्राशय शोधक, ग्राही, पुष्टिकारक, बलबर्धक, रक्तविकार नाशक, दाह शामक र वातपित्त नाशक हो ।
नरिवलको पानीले तिर्खा मेटाउने, पाचन बढाउने, वीर्यबर्धक तथा मूत्रसंस्थानको लागि धेरै उपयोगी मानिन्छ । नरिवल पानीलाई दूधजस्तै एउटा पूर्ण आहारसमेत भनिन्छ । नरिवलमा भिटामिन 'ए,' 'बी,' 'सी,' सँगै प्रोटिन, क्याल्सियम र फलाम पाईन्छ । यो सबै तत्त्व शरीरका लागि अति उपयोगी हो ।
नरिवल 'क्रोहन्स डिजिज' को उपचारका लागि अत्यन्त फलदायी औषधि हो । यो रोगमा रोगीको आन्द्रामा जलन, पखाला, दिसामा रगत आउने, तौल कम हुनेलगायतका लक्षण देखिन्छन् । वैज्ञानिकहरूका अनुसार यसको उपचारमा प्रयोग गरिने 'कार्टिकोस्टेराईडस' को समकक्ष नरिवलमा 'फाइटोस्टेराल्स' नाउ गरेको तत्त्व हुन्छ, जसले यो रोगसँग भीडछ ।
नरिवलले मोटोपनाबाट समेत बचाउँछ । वैज्ञानिकहरूका अनुसार एउटा स्वस्थ वयस्कको भोजनमा दिनहँु १५ मिलिग्राम जिंक हुन आवश्यक छ, जसले मोटोपनासँग बाँच्न सकियोस् । ताजा नरिवलमा जिंक प्रसस्त पाइन्छ ।
नरिवलको तेल क्यान्सर, मधुमेह र एड्सजस्तो घातक रोगका लागिमात्र नभई मुटु रोगीहरूका लागि समेत फाइदाकारी रहेको दाबी थाइल्यान्डका प्राध्यापक नारोग चोगचालोबले गरेका छन् । उनले नरिवल तेलको प्रयोग करिब ४ हजार वर्षदेखि विभिन्न रोगमा हुँदै आएको समेत जनाएका थिए ।
नरिवल तेलले कपाल राम्रो बनाउनुको साथै छालामा समेत रौनक ल्याउने परम्परागत मान्यता छ । दक्षिण भारतको महिलाहरूको धेरै लामो कालो चम्किलो कपाल र दागरहित अनुहार हुनुको कारण उनीहरू भोजन र रङ रूप बढाउन नरिवल तेलको नियमित उपयोग रहेको समेत भन्ने गरिएको छ । नुहाउनुअघि नरिवल तेलले गरिएको मालिस लाभदायक मानिन्छ ।




No comments: