कलेजो खराब गर्ने भाइरसहरू थुप्रै हुन्छन् । विशेष गरेर कलेजो खराब गर्ने भाइरसहरूलाई हिपाटोट्रोपिक भाइरस भनिन्छ । यसमा हिपाटाइटिस ँए’, ँबी’, ँसी’, ँडी’ र र्ँइ’ भाइरस पर्छन् । यी भाइरसहरूमध्ये हिपाटाइटिस ँबी’ले बढी चर्चा पाउने गर्छ, कलेजोलाई त्यत्ति नै खराब गर्ने हिपाटाइटिस ँसी’ सम्बन्धी जानकारी भने कम मानिसलाई मात्र भएको पाइन्छ । यस भाइरसबाट संक्रमित मानिसहरू १०-१५ वर्षम्म कुनै लक्षण देखा नपरेको अवस्थामा नै रहेका हुन्छन् । जुन बेला रोग देखा पर्छ त्यस बेला उपचार गर्न नसकिने अवस्थामा पुगिसकेको हुन सक्छ । नेपालमा हिपाटाइटिस ँसी’बाट संक्रमित भएकाहरूको संख्या यकिनसाथ भन्न सकिन्न, तर लागूपदार्थ दर्ुर्व्यसनीहरू (र्सर्ुइबाट नशा लिनेहरू) मध्ये ९० देखि ९५ प्रतिशतमा यसले संक्रमण गरेको पाइएको छ ।
भाइरसबाट संक्रमित मानिसहरू १०-१५ वर्षम्म कुनै लक्षण देखा नपरेको अवस्थामा नै रहेका हुन्छन् । जुन बेला रोग देखा पर्छ त्यस बेला उपचार गर्न नसकिने अवस्थामा पुगिसकेको हुन सक्छ ।
कसरी र्सछ हिपाटाइटिस सी ?
हिपाटाइटिस ँबी’ भाइरसजस्तै हिपाटाइटिस ँसी’ संक्रमित व्यक्तिको शारीरिक रसबाट र्सछ । शारीरिक रस भन्नाले रगत, वर्ीय, योनिश्राव आदि हुन् । यो रोग खाना अथवा पानीबाट र्सर्दैन । ठीकसँग जाँच नगरिएको रगत तथा रगतजन्य पदार्थबाट पनि यो र्सन सक्छ । संक्रमित व्यक्तिबाट जन्मेको सन्तानमा पनि यो रोगका विषाणु र्सन सक्छन्, तर यो १ प्रतिशतभन्दा पनि कम व्यक्तिमा मात्र पाइने गरेको छ । हिपाटाइटिस ँबी’ को तुलनामा हेपाटाइटिस ँसी’ शारीरिक सर्म्पर्कबाट कम र्सर्ने गर्छ । तर अप्राकृतिक यौनसर्म्पर्क गर्नाले र्सर्ने सम्भावना बढ्छ ।
संक्रमित व्यक्तिको शल्यचिकित्सापछि औजार ठीकसँग सफा नगरी प्रयोग गरेमा अन्य व्यक्तिमा यो रोग र्सन सक्छ । नेपालमा यो रोग लागूपदार्थ दर्ुर्व्यसनीहरूमा अत्यधिक पाइने गरेको छ । परिवारमा कोही यो रोगबाट संक्रमित भएमा सबै जना रोग र्सन सक्ने डरबाट त्रसित हुन्छन् । यो रोग सँगै बस्दा, एउटै थालमा खाँदा, हात समात्दा, एउटै चर्पी प्रयोग गर्दा र्सर्दैन । तर रोगीले प्रयोग गरेको दाह्री काट्ने मेसिन, नङ काट्ने साधन र दाँत माझने ब्रस प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
हिपाटाइटिसको दर्ीघरोगीमा कलेजोमा भएको क्षति निर्धारण गर्न भने कलेजोको टुक्रा निकालेर -बायोप्सी) जाँच गर्न जरुरी हुन्छ । यसबाट कलेजोको सिरोसिस भए/नभएको पनि थाहा हुन्छ । यसबाहेक पेटको अल्ट्रासाउन्ड, सिटी स्क्यान आदि जरुरी हुन सक्छ ।
हिपाटाइटिस ँसी’का लक्षणहरू
यो भाइरस शरीरभित्र प्रवेश गरे तापनि २५ प्रतिशतभन्दा कम व्यक्तिमा मात्र यसले लक्षण देखाउँछ । केही व्यक्तिमा यसले जन्डिस गराउँछ । अरूमा जीउ दुख्ने, शरीर गल्ने, खान मन नलाग्ने, वाक-वाक लाग्ने आदि हुन सक्छ । अन्य व्यक्तिहरूमा शरीरभित्र रहेर पनि लामो समयसम्म कुनै लक्षण नदेखाउन सक्छ । यस्ता व्यक्तिहरूमा यदाकदा कलेजो सुन्निने हुनाले पेटको दाँयातिर भारी हुने हुन सक्छ । कहिलेकाहीँ कलेजोको सिरोसिसका लक्षणहरू देखेपछि यसको संक्रमणबारे थाहा हुने गर्छ । हिपाटाइटिस ँसी’बाट संक्रमित व्यक्तिमा कलोजोको क्यान्सर कुनै पनि बेलामा देखिन सक्छ । रक्सी तथा रक्सीजन्य पदार्थ सेवन गर्ने व्यक्तिहरूमा चाँडै नै कलेजोको सिरोसिस देखा पर्छ । साधारण तया हिपाटाइटिस ँसी’ले सिरोसिस गर्न १०-१५ वर्षलगाउँछ भने रक्सीको दर्ुर्व्यसन भएमा ५-१० वर्षभत्रमा नै देखिन सक्छ ।
रोगको निदान
लक्षणको आधारमा यस रोगको निदान गर्न सकिन्न । हिपाटाइटिस ँसी’ हुन सक्ने आशंका भएका व्यक्ति अथवा अन्य रोगको लागि रगत परीक्षण गर्दा यो रोग देखा पर्ने गरेको छ । रगतमा एन्टी एच सी भी देखा परेपछि यो रोगको कारक तत्त्व हिपाटाइटिस ँसी’ को जीवाणु रगतमा छ/छैन भन्ने पी सी आर प्रविधिबाट एकिन गरिन्छ । जीवाणु देखा नपरेमा कुनै बेलामा शरीरभित्र जीवाणु पसे तापनि यसलाई शरीरको प्रतिरोधात्मक क्षमताले जितेको ठहरिन्छ । यदि जीवाणु देखिएमा सक्रिय रोग छ भन्ने थाहा हुन्छ । उपचार सुरु गर्नुअघि कुन प्रकारको जीवाणु -जेनोटाइपिङ) र कति मात्रामा छ -भाइरल लोड) भनेर एकिन गरिन्छ । एक प्रकारका रोगीमा भने एन्टी एच सी भी रगतमा नभएमा पनि यो रोग हुन सक्छ । विशेष गरेर शरीरको प्रतिरोधात्मक क्षमता कम भएका बिरामीहरू जस्तै- डायलाइसिस गरिरहेका मिर्गौला रोगीहरूमा यस्तो हुन सक्छ ।
उक्त अवस्थामा लिभर फड्ढसन टेस्टबाट खराबीको कारण पत्ता नलागेपछि रगतमा विषाणुको खोज गरिन्छ । हिपाटाइटिसको दर्ीघरोगीमा कलेजोमा भएको क्षति निर्धारण गर्न भने कलेजोको टुक्रा निकालेर -बायोप्सी) जाँच गर्न जरुरी हुन्छ । यसबाट कलेजोको सिरोसिस भए/नभएको पनि थाहा हुन्छ । यसबाहेक पेटको अल्ट्रासाउन्ड, सिटी स्क्यान आदि जरुरी हुन सक्छ ।
हिपाटाइटिस ँसी’को उपचार
रगतमा एन्टी एच सी भी देखा पर्दैमा उपचार गर्नर्ुपर्छ भन्ने छैन । रगतमा हिपाटाइटिस ँसी’ को जीवाणु छैन भने यसको उपचार गरिरहन पर्दैन । हिपाटाइटिस ँसी’को जीवाणु देखिए तापनि लिभर फड्ढसन टेस्ट गर्दा खराबी नपाइएमा उपचारको लागि हतार गर्नुपर्दैन । क्रोनिक हिपाटाइटिस भएका व्यक्तिमा भने गर्न जरुरी हुन्छ । किनभने यस्ता बिरामीहरूमध्ये ८५ प्रतिशतभन्दा बढीलाई कलेजोको सिरोसिस अथवा कलेजोको क्यान्सर हुन सक्छ ।
हिपाटाइटिस ँसी’को उपचार गर्न विदेश गइरहनुपर्दैन । किनभने यसको उपचार हाम्रो देशमा पनि उपलब्ध छ । पेगइन्टरफेरोन भन्ने र्सर्ुइ हप्तामा एक पटक लगाइन्छ भने राइवाभेरिन प्रत्येक दिन सेवन गर्नुपर्ने हुन्छ । भाइरसको प्रकार -जेनोटाइप) अनुसार यसको उपचार अवधि निर्धारण गरिन्छ । पेगइन्टरफेरोन १८० म्रि्रा छालामुनि दिइन्छ भने राइवाभेरिनको मात्रा वजनअनुसार ८०० देखि १२०० म्रि्रा दिइन्छ । राइवाभेरिन खाने औषधि हो र यो दिनको २ पटक सेवन गर्नर्ुपर्छ । यसको उपचार चिकित्सकको प्रत्यक्ष निगरानीमा हुनु जरुरी हुन्छ । किनभने यसका अनेक साइड इफेक्टहरू हुन सक्छन् ।
पेगइन्टरफेरोन लगाएको दिन ज्वरो आउने, जीउ दुख्ने हुन सक्छ । अरू साइड इफेक्टहरूमा खाना नरुच्ने, तौल घट्ने, कपाल झर्ने, एकोहोरो हुने आदि हुन सक्छ । रगतको जाँच गर्दा रगतका कणहरू कम देखिन सक्छन् । राइवाभेरिनको साइड इफेक्टहरूमा हेमोग्लोबिन कम हुने र छालामा एलर्जी हुने प्रमुख छन् । शरीरबाट भाइरस हटेको निश्चित भएपछि उपचार सकिन्छ । तर यसको खराब पक्ष भने सबैमा उपचार पर्ूण्ा नहुन सक्छ । केहीमा उपचार सकिएपछि फेरि भाइरस शरीरमा देखा पर्न सक्छ । यसको उपचार कम्तीमा ६ महिना र बढीमा १ वर्षम्म गर्नुपर्ने हुन्छ । उपचार खर्च पनि साधारण अवस्थाभन्दा निकै बढी लाग्छ । नयाँ उपचार प्रविधिको सारा संसारले प्रतीक्षा गरिरहेको छ । कलेजोको सिरोसिस भइसकेपछि जन्डिस देखिएमा, पेटमा पानी जमेमा, रोगको कारणले बेहोस भएमा भाइरसको उपचार नहुन सक्छ ।
एलोप्याथीमा यसको उपचार महँगो भएकोले अन्य उपचार प्रविधिमा जाने चलन छ । यसबाट उपचार सम्भव नहुने मात्र होइन रोग अझ ब्रि्रने सम्भावना हुन्छ । च्याउ ख्वाएर ठीक पार्छर्ुुन्ने एक थरीका गिरोह नै सक्रिय रहेको पाइएको छ । यदि घरेलु प्रविधिबाट उपचार सम्भव हुने भए यसबाट करोडौंको सम्पत्ति देशमा भित्र्याउन सकिन्थ्यो ।
यस रोगलाई ँसाइलेन्ट किलर’को उपाधि पनि दिन सकिन्छ । समयमै रोग पहिचान गर्न सके उपचार सम्भव भएकोले लागूपदार्थ दर्ुर्व्यसनीहरूमा यसको जाँच अनिवार्यरूपमा गर्नुपर्छ । रक्सीजन्य पदार्थले चाँडो लिभर सिरोसिस गराउने भएकोले हिपाटाइटिस ँसी’ पोजिटिभ व्यक्तिहरू यसबाट टाढा बस्न जरुरी हुन्छ ।




No comments: