हामीले मानिसहरुको उमेर बढदै गएपछि कपाल सेतो हुने कुरा स्वाभाविक
रुपमा लिइने गरेका छौ तर आजभोली समय अघिनै मानिसको कपाल
सेतो हुन थाल्दछ । कम उमेरमानै कपाल सेतो हुने समस्या धेरै जसो त वंशानुगत
गुण पनि हुन सक्दछ । आजकलको मानिसमा बढिरहेको अधिक तनाव,
बेकारको कुराहरूमा चिन्ता लिनु, खान-पानमा लापरवाही वा पोषक
तत्वहरूको कमीका कारण मानिसको कपाल छिटै सेतो हुने वा फुल्ने
गरेको छ ।
कपाल सेतो हुने करणहरु
विशेषज्ञहरूका अनुसार शरीरमा जब मेलानिनको निर्माण हुन बन्द
हुन्छ, यतिबेला मानिसको कपालको रंग बदलिन थाल्दछ । मेलानिननै वास्तवमा कपाललाइ
कालो राख्नमा सहायकसिद्ध हुने गर्दछ । यसमा मेलासाइट्स नामको कोशिकाले
सहायताको काम गर्दछ । यी कोशिकाहरू मेलानिनसंग सम्बन्धित अन्य
कोशिकाहरू अर्थात केराटिनोसाइट्सलाइ केराटिन निर्माण गर्नमा मद्दत गर्दछ ।
केराटिनको मद्दतले नै कपालहरूको विकास हुने गर्दछ । यदि कपाल राम्रोसंग विकसित
भए भने मात्र कपालमा कालो रंग रहिरहन्छ ।२. विभिन्न स्वास्थ्य
समस्याहरूका कारण हुने शारीरिक कमजोरी, धूम्रपान,
अनियमित जीवनशैली, अल्कोहलको अधिक सेवन र
वातावरणमा रहेका दूषित तत्वहरूका कारण पनि कपाल समय अघिनै सेतो हुने गर्दछ
।
शरीरमा भिटामिन बी १२
को कमी भएपछि पनि मेलानिनको निर्माण प्रक्रियामा बाधा उत्पन्न हुने
गर्दछ । यस बाहेक हार्मोन्समा हुने परिवर्तन वा कुनै
औषधीको साइड इफेक्ट्सका कारण पनि कपालको आफ्नो बास्तविक रंग
हराउन थाल्दछ ।
यसको उपायहरु
केही मानिसहरू आफ्नो कपाललाइ सेतो हुनबाट
जोगाउनका लागी कपाललाइ डाई वा कलर गर्नु राम्रो विकल्प मान्दछन् तर
यो केही समयको लागी मात्र उपयुक्त हुन्छ । यस बाहेक
मानिसहरूले खानपानमा सुधार गर्नु आवश्यक छ साथै प्राकृतिक उपायहरू अपनाउनु
ज्यादै आवश्यक रहेको छ । दैनिक रूपमा गाजरको रस सेवन गर्नाले
पनि सेतो कपालबाट मुक्ति पाउन सकिन्छ । साथै भिटामिन १२ भएका खानाहरूको सेवन
गर्नाले पनि निकै फाइदा गर्दछ । त्यसैगरि नियमित रूपमा तिलको सेवन गर्नुका साथै
तिलको तेल नियमित रूपमा कपालमा लगाउनु निकै फाइदा जनक रहेको छ ।
त्यसैगरि मेथीको अंकुरित दानाको सेवन नियमित रूपमा गर्नु पर्दछ,
वा रातभरी यसलाइ भिजाएर बनाइएको पेस्ट कपालमा हफ्ता एक पटक
लगाउनु पर्दछ ।
नरियलको तेलका साथमा सुख्खा अमलाका केही टुक्रा मिलाएर
केही हल्का तताउने र औंलाले कपालमा हल्का हल्का मसाज
गर्दा पनि कपाल सेतो हुने र झर्ने समस्याबाट मुक्ति पाइन्छ ।
नीमको फल सुकाएर पाउडर तयार गरि त्यसको पेस्ट सिरमा लगाउने
गर्नुपर्दछ । यो गरेपछि कपाल धुने बेला भने नीम राखेर
उमालिएको पानिको प्रयोग गर्नाले निकै राम्रो फाइदा पुर्याउँदछ ।




No comments: