रातो मासु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने...


रातो मासु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने र यसले मुटुरोगका जोखिम उच्च
बनाउने अमेरिकी वैज्ञानिकहरुले पछिल्लो अध्ययनले देखाएको छ ।
रातो मासुमा पाइने हानिकारक तत्वले रगतमा कोलेस्टेरोलको मात्रामा वृद्धि गर्ने र
त्यो मुटुका लागि हानिकारक हुने वैज्ञानिकहरुलेब ताएका छन् । रातो मासुमा पाइने
कार्निटिन नामक तत्व पेटमा गएपछि रासायनिक प्रतिक्रिया गरी हानिकारक
रसायनमा बदलिने र त्यसले रगतमा कोलेस्टेरोलको मात्रा बढाउने बताइन्छ ।
वैज्ञानिकहरुका अनुसार कार्निटिन नामक तत्व मानिसको पेटमा भएका व्याक्टेरियाले खाने
र त्यसलाई ग्यासमा बदल्ने गर्छ । त्यो ग्यास कलेजोमा गएर टिएमएओ नामक
रसायनमा परिवर्तन हुन्छ । यो रसायनले रक्तनलीहरुमा बोसो जमाउन
सहयोग गर्छ जसका कारण विभिन्न खाले मुटुरोग देखिन्छ । टिएमएओ रसायनले
रगतमा कोलेस्टेरोलको मात्रा बढाउन मद्धत गर्छ । वैज्ञानिकहरुका अनुसार
शाकाहारी मान्छेको पेटमा कार्निटिन तत्व हजम गर्ने
व्याक्टेरियाको संख्या कम हुन्छ । त्यसैले शाकाहारी मान्छेमा उच्च
रक्तचाप तथा कोलेस्टेरोल बढ्ने समस्या पनि कम हुन्छ । मासु खाने मान्छेले
पनि यस्ता ब्याक्टेरियाको सक्रियता कम गराउन वा फलदायी ब्याक्टेरियालाई
सक्रिय बनाउनका लागि नियमित दहीको सेवन गर्नुपर्ने सुझाव
विज्ञहरुको छ ।

No comments:

| Copyright © 2013 khabar chautari