कपालको समस्या र घरेलु उपचार....



सौन्दर्य भन्ने वित्तिकै खाली अनुहारलाई मात्र बुझिदैन, सौन्दर्य हरेक सुन्दर, राम्रो चिज पनि हो । जसरी आˆनो हात-खुट्टा, अनुहार सुन्दर बनाउनुहुन्छ त्यत्ति नै ध्यान आˆनो केशलाई पनि दिएर सुन्दर लामो चम्किलो केश बनाउनुहोस् । यदि तपाईंको केश नराम्रो छ भने तपाईंको व्यक्तित्वमा नै धेरै असर पर्दछ । प्राचीनकालदेखि नै केश चम्किलो तथा लामो बनाउन विभिन्न जडीबुटी तथा मेहेन्दीको पात पिसी लगाउने चलन थियो । त्यत्ति बेलाको हावापानी राम्रो थियो केशमा त्यत्ति धेरै समस्या आउँदैन थियो तर आजभोलि दिन प्रतिदिनको धुलो धुवाँ प्रदूषित पानीको कारण केशमा धेरै समस्याहरू देखापर्ने गरेको छ । विभिन्न केमीकलको प्रयोग, दूषित हावापानीको कारण कपाल नझर्ने मानिस सायद कमै भेटिन्छ होला । त्यसै कारण राम्रो उत्पादनको छनोटको अलवा आˆनो केश कस्तो खालको हो । पहिला त्यो बुझ्नु अति नै जरुरी छ ।
सुख्खा कपाल, हाँगा आएको रूखो कपालले व्यक्तिको सुन्दरतामा धेरै नै असर पार्दछ । सुन्दर, बाक्लो, चम्किलो लामो कपाल बनाउने इच्छा सबैमा हुन्छ तर त्यसको लागि आफूले पनि धेरै हेरचाह गर्नुपर्ने हुन्छ । उचित आहार, स्वस्थ शरीर तनाव मुक्त व्यक्तिको कपाल पनि राम्रो देखिन्छ । त्यस्तो व्यक्तिको केश हरेक महिना आधा इन्च बढ्ने गर्दछ ।

कपालमा तीन तह हुन्छन् ।
क्युटीकल, कोटेक्स, मेडुला
साधारण कपालः यस्तो खालको कपाल राम्रो मानिन्छ । यस्तो कपाल चिल्लो पनि हुँदैन र सुख्खा पनि हुँदैन हेर्दा यस्तो कपाल सफा र राम्रो दखिन्छ ।
चिल्लो कपालः सधैँ तेलको प्रयोग गरे जस्तो देखिने चिल्लो कपाल राम्रो देखिदैन । जति हेरचाह गरे पनि राम्रो स्याम्पुले नुहाए पनि यस्तो कपाल प|mेस देखिदैन ।
सुख्खा कपालः यस्तो कपाल फु·ो बेजान, हाँगा आएको, साइनिङ नआएको जस्तो नराम्रो देखिन्छ । यस्तो कपाल बढी टुक्रने सम्भावना हुन्छ ।
कपालमा धेरै नै समस्याहरू हुन्छन् जस्तो कि कपाल झर्ने, टुक्रने, हाँगा पलाउने, चायाँ पर्ने, फुल्ने समस्याले सबैलाई उमेर नढल्किदै सताइरहेको हामी पाउँछांैँ ।

कपाल नझर्ने केही घरेलु उपायहरू
मन तातो तेलले हप्ताको १ पटक मसाज गरी तातो टावलले बाफ लिने ।
एकैथरि तेल लगाउनुभन्दा तीन चार थरीको तेल मिसाएर मसाज गर्दा राम्रो हुन्छ ।
हेयर प्याक हप्ताको १ चोटि लगाउने र २० मिनेट राखी पखाल्ने ।
कण्डिसनरको बढी प्रयोग गर्ने, कण्डिसनरको प्रयोग गर्दा जरामा नलगाउने ।
टि्रटमेन्ट क्रिम राम्रो कम्पनीको छनोट गरी हप्ताको एकपटक कपालमा लगाई हट टावल लिने ।
दही एक कप, रिठ्ठा एक चम्चा, दुईवटा अण्डा एक चम्चा त्रिफला पाउडर मिसाएर पेस्ट बनाई २०-३० मिनेट राखी पखाल्ने ।
सुख्खा कपालको लागि घरेलु उपा
विशेषगरी सुख्खा कपालको धेरै हेरचाह गर्नुपर्ने हुन्छ घामबाट बचाउने ।
महनाको एकचोटि कपाल टि्रम गरी हाँगाहरू पनि काट्ने ।
मेथी भिजाएर एक रात राखी पिसेर लगाउने ।
चिल्लो युक्त तेलको मसाज गरी दुई घण्टा राखी नुहाउने । तेल लगाएर रातभरि सुत्नुभन्दा २, ३ घण्टा मात्र राख्दा राम्रो हुन्छ ।

हेयर टोनिकको प्रयोग गर्ने ।

अण्डाको पहेँलो भाग लगाउने ।

हर्बल स्याम्पुको प्रयोग गर्ने ।

कलरहरूको धरै प्रयोग नगर्ने ।

१ कप दही, ओलिभ ओयल, बदामको तेल, एक कप मेहेन्दी, एक चम्चा सिकाकाई मिसाई पेस्ट बनाई ३० मिनेट जति राखी पखाल्ने यसो गर्दा कपालमा थप सुन्दरता ल्याउन सकिन्छ ।

चिल्लो कपाल
चिल्लो कपाल यस्तो कपालले गर्दा अनुहार नै नराम्रो देखिन्छ, तेल ग्रन्थी बढी सक्रिय भएर कपाल चिल्लो देखिन्छ ।
तेल लगाउँदा चिल्लोको मात्रा कम भएको तेल प्रयोग गर्ने ।
ओएली हेयरको स्याम्पु प्रयोग नगर्ने ।
केशको जरामा कागतीको रस लगाउने र २० मिनेट जति राखी पखाल्ने ।
एक कप मेहेन्दी, एक चम्चा अमला पाउडर, एक चम्चा निम पाउडर र एउटा कागती मिक्स गरी २० मिनेट राखी पखाल्ने ।
नीमको पात पिसेर, उक्त प्याकलाई हप्ताको एकपटक नियमित रूपले लगाउने ।
साधारण कपाल
साधरण कपाल छ भने त्यो ज्यादै नै राम्रो कपाल मानिन्छ ।
साधारण कपालको लागि उपयुक्त हुने स्याम्पु प्रयोग गर्ने ।
अण्डाको प्याक
लगाउने ।
क्रिम युक्त दही लगाउने ।
हप्तामा एकपटक तातो तेलले मसाज गर्ने
टि्रटमेन्टको बढी नै प्रयोग गर्ने ।
अण्डा, फलफूल हरियो सागपात र प्रशस्त पानी पिउने ।
चायाँ भएको कपाल
चायाँ पनि हरेक व्यक्तिको लागि प्रमुख समस्याको रूपमा रहेको हुन्छ । कपाल चिलाई रहने चायाँ झर्ने, चिलाउँदा घाउ नै हुने यस्तो कपालले व्यक्तिलाई निराशसमेत बनाउँछ । चायाँ पनि दुईथरिको हुन्छ । एउटा चिल्लो कपालमा हुने चायाँ र सुख्खा कपालमा हुने चायाँ, उचित स्याहारको अभाव नक्कली स्याम्पु र प्रदूषित हावापनीको कारणले पनि चायाँ पर्दछ ।

चायाँको घरेलु उपाय
गोलभेडाको पेस्ट बनाई दुई दिन बिराई आधा घण्टा राखी पखाल्ने ।
चायाँकै लागि भनेर आएको स्याम्पु कण्डिसनरको प्रयोग गर्ने ।
पार्लर गई हेयर टि्रटमेन्ट गराउने
औषधियुक्त स्याम्पु, साबुनको प्रयोग गर्ने । मेहेन्दी पनि केशको लागि साह्रै राम्रो मानिन्छ । मेहेन्दी लगाउँदा खाली कण्डिसनरको लागि लगाउने कि कलरको लागि लगाउने हो त्यसको जानकारी हुनुपर्छ । खाली कण्डिसनरको लागि हो भने मेहेन्दी र दही मिसाई २० मिनेट राखी पखाली दिनुहोस् । यदि कलरको लागि हो भने अमला हालेर पानी उमाल्नु होस् र मेहेन्दी लगाउनुहोस् । कपाल सुख्खा छ भने तेल, चिनी, कफी हालेर फलामको भाडामा एक दिन भिजाएर भोलि पल्ट २,३ घण्टासम्म राख्नुहोस् । यदि कपाल चिल्लो छ भने तेलको सट्टा कागतीको प्रयोग गर्नुहोस् ।

कपालमा कलर गर्ने इच्छा भएमा राम्रो उत्पादन चयन गरी कलर गर्नुहोस् अन्दाजको भरमा कलर नगर्नुहोस् कुन सामान कति मिसाउने हो त्यो राम्रोसँग बुझेर मात्र प्रयोग गर्नुहोस् । कपाल सुकाउन हेयर ड्रायरको धेरै प्रयोग नगर्ने किनकि हेयर ड्रायरले कपाल धेरै सुख्खा बनाउँछ । आˆनो खानामा पनि ध्यान दिने, शरीरलाई र मस्तिष्कलाई सधैँ तनावमुक्त राख्ने र राम्ररी निदाउने गरेमा पनि कपाल सुन्दर बनाउन सकिन्छ ।

No comments:

| Copyright © 2013 khabar chautari