नयाँ रोग ‘स्क्रब टाइफस’ का लक्षणहरु र बच्ने उपायसहित...


लक्षणहरु :
यो रोगको लक्षण मुसाले टोकेको १०–१२ दिनमा देखिन सुरु गर्दछ । लक्षणहरु निम्नप्रकार छन् :
उच्च ज्वरो आउनु(१०४–१०५ डिग्री फरेनहाइटसम्म आउन सक्छ ।)
टोकेको भागमा तथा अन्य भागमा राता–राता बिमिराहरु देखिनु ।
टाउको दुख्नु, भोक नलाग्नु ।
खोकी तथा वाकवाकी लाग्नु ।
शरीर काम्नु, जीउ, मांसपेशी तथा जोर्नी दुख्नु ।
लिम्प नोड सुनिनु ।
आँखाको कम्युकस मेमरेनको संक्रमण हुनु, आदि ।

बच्ने_उपायहरु
व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिने ।
सुक्ष्म जीवहरु(माइट) जस्तै सुलसुले, उपिया“, टोभ्रविक्यूलिड आदिको टोकाइबाट बच्ने ।
घर वरपर झारपात तथा घा“सपात उम्रन नदिने ।
रोग सर्ने भेक्टर(बाहक), किटनाशक औषधीको प्रयोग गरी घटाउने ।
घरवरपरको वातावरणीय सरसफाइमा ध्यान दिने ।
छालामा ‘इनसेक्ट रेपेलेन्टस’जस्तै बेञ्जाइल बेञ्जोएटको प्रयोग गर्ने ।

No comments:

| Copyright © 2013 khabar chautari