घिउकुमारीका १५ फाइदा जान्नुहोस...


र धेरै रोगबाट मुक्ति पाउनुहोस स्वास्थ्य
अपच हुने र ग्यास फर्मेसनका कारण पेट र छाती
दुख्ने गरेको छ भने घ्युकुमारी खाँदा आराम हुन्छ ।
घ्युकुमारीको जुसले शरीरमा
चिनीको मात्रा सन्तुलित गर्ने भएकाले मधुमेहका
रोगीका लागि पनि यो लाभदायक हुन्छ ।
यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका
विषाक्त पदार्थलाई हटाउँछ ।
घ्युकुमारीको जुस खानाले रक्तसञ्चार सुचारु हुन्छ
र कोलेस्टेरोलको समस्या बढ्न पाउँदैन ।
शरीरका कोष तथा कोषिका बिग्रिएका छन् भने
घ्युकुमारीको जुस खानाले पूर्ववत अवस्थामा आउँछन् ।
उच्च रक्तचापका बिरामीका लागि पनि
घ्युकुमारीको जुस लाभदायक हुन्छ ।
घ्युकुमारी खानाले क्यान्सरका ट्युमरको विकास र
वृद्धिमा विराम लाग्छ ।
घ्युकुमारीमा शरीरको
रोगप्रतिरोधी क्षमता बढाउने तत्व हुन्छ ।
घ्युकुमारी खाँदा शरीरमा भिटामिन र
खनिजको मात्रा बढ्न पुग्छ ।
गिजाका रोग समाधान गर्न समेत घ्युकुमारी
लाभदायक हुने भएकाले घ्युकुमारी मिसाइएको टुथपेस्ट
प्रयोग गर्नु राम्रो हुन्छ ।
पोलेको ठाउँमा घ्युकुमारी दल्नुभयो भने सञ्चो
हुन्छ । साथै, पोलेको दाग पनि गाढा गरी बस्न पाउँदैन ।
अनुहारलगायत शरीरको कुनै पनि भागमा गाढा दाग
छ भने दिनहुँ घ्युकुमारी लगाउने गर्नाले दाग हराउँदै
जान्छ ।
आँखावरिपरिको डार्क सर्कल पनि घ्युकुमारी
नियमित लगाउनाले हराउँछ ।
अनुहार फुस्रो छ भने घ्युकुमारी दल्ने गर्नाले
अनुहार चिल्लो हुन्छ ।
कब्जियत भएको छ भने घ्युकुमारी
पानीमा मिसाएर खाने गर्नुभयो भने दिसा खलास हुन्छ ।

No comments:

| Copyright © 2013 khabar chautari