नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित ...



हालसम्म भएका १५ सय भन्दा बढी अध्ययनहरुले नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित गरेकाछन् । यसमा तीन प्रकारका विशेष फ्याट्टी एसिड हुन्छन् । जसलाई क्याप्रिलिक एसिड, लौरिक एसिड र क्याप्रिक एसिड भनिन्छ । नरिवलको तेलको ६२ प्रतिशत तैलीय पदार्थ यी तीन स्वस्थकर फ्याट्टी एसिडले बनेका हुन्छन् । यसका फाइदाहरु निम्न छन् :
मुटुको रोग र उच्च रक्तचाप रोकथाम गर्छ : नरिवलको तेलमा प्राकृतिक स्याचुरेटेड फ्याट बढी हुन्छ । यसले स्वस्थ कोलेस्टेरोल (एचडील) बढाउनेमात्र होइन, खराब कोलेस्टेरोल (एलडिएल) लाई स्वस्थ कोलेस्टेरोलमा परिवर्तन गर्न सहयोग गर्छ । यसबाट मुटुको रोग र उच्च रक्तचापको समस्याबाट रोकथाम हुन्छ ।
अल्जाइमरको प्राकृतिक उपचार : कलेजोले यसको एसिड पचाउँदा केटोन भन्ने तत्व निस्कन्छ, जसले दिमागलाई उर्जा प्रदान गर्छ । यसो गर्दा ग्लुकोजबाट शक्ति पैदा गर्न इन्सुलिनको आवश्यकता पर्दैन । अध्ययनहरुबाट के पत्ता लागेको छ भने दिमागले आफ्नै इन्सुलिन पैदा गर्छ । अल्जाइमरका रोगीको दिमागले आफ्नै इन्सुलिन पैदा गर्न सक्दैन । नरिवलको तेलबाट प्राप्त हुने केटोनले दिमागलाई आवश्यक पर्ने वैकल्पिक उर्जा पैदा गर्न मद्धत गर्छ ।
मिर्गौला स्वस्थ राख्छ : नरिवलको तेलमा मुत्राशय तथा मिर्गौलालाई स्वस्थ राख्ने क्षमता हुन्छ । यस्तै, यसले कलेजोमा क्षति पुग्नबाट समेत जोगाउँछ ।
आर्थराइटिसबाट जोगाउँछ : भारतमा भएको अध्ययनले नरिवलको तेलले अन्य आधुनिक औषधिभन्दा आर्थराइटिसलाई प्रभावकारी रुपमा निको पार्न सहयोग गर्ने देखाएको थियो ।
क्यान्सर रोकथाम गर्छ : यसले क्यान्सरसंग लड्न पनि सहयोग गर्छ ।
स्मरण क्षमता बढाउँछ : सन् २००४ मा भएको अध्ययनले नरिवलको तेलमा पाइने एसीड स्मरण क्षमता बढाउनमा उपयोगी भएको पाइएको थियो ।
छालाको समस्या समाधान गर्छ : यसले अनुहार सफा राख्नुका साथै मोस्चराइजरको काम गर्छ । साथै छालाका धेरै समस्या समाधान गर्न पनि सहयोग गर्छ ।
तौल घटाउँछ : विभिन्न अध्ययनहरुले नरिवलको तेलले तौल घटाउन सहयोग पु¥याउँने देखाएका छन् । सन् १९८५ मै गरिएको एक अध्ययनले नरिवलको तेलसहितको क्याप्रिक एसिडको इन्जेक्सनले मुसाहरुमा तीब्र रुपमा तौल घटेको पाइएको थियो ।
ब्याक्टेरिया मार्छ : नरिवलको तेलमा पाइने आधाजति फ्याटी एसिड लौरिक एसिड हुन् । यो एसिडले ब्याक्टेरिया, भाइरस, फन्जाईलाई मार्छ । यसलाई शरीरमा लगाउनाले यस्ता ब्याक्टेरिया मर्छन् ।
बेडरुपमा पनि प्रयोग गर्न सकिन्छः यो स्वास्थ्यका लागि फाइदाजनक त हुन्छ नै । यसलाई बेडरुममा छर्कनाले मानिसको सेक्स लाइफमा सकारात्मक महसुस गराउँछ । यो एन्टी फंगल र एन्टी ब्याक्टेरियल भएकाले यसले संक्रमणबाट पनि बचाउँछ ।

No comments:

| Copyright © 2013 khabar chautari