अल्सर विमारीलाई घरेलु उपचार विधी ....


अल्सर अहिलेको मानिसहरुमा ग्यास्टीक बढ्दो छ । समयमा खाना नखानाले, खाना खाए पनि भोको पेटमा चिल्लो पदार्थ भएको खाना खाँदा त्यो चिल्लोले गर्दा ग्यास्टीक बढ्दै जान्छ ।यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्दछ । आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दछ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुले खानपानको लापारवाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ ।

अल्सर रोग हो वा होइन कसरी थाहा पाउने ?
अल्सर रोग लाग्यो भने पेटको माथि पटीको भागमा दुख्छ ।
खाली पेट अथवा खाना खाई सकेपनि दुखिरहन्छ ।
उल्टी आउला कि जस्तो हुन्छ । उल्टी आयो भने आराम हुन्छ ।
वान्ता गर्दा रगत नै पनि आउन सक्दछ ।
अल्सर रोग लागेमा के खाने कुरा खान हुन्छ ?
चिसो दुध पटक पटक गरी दिनमा सात आठ कप पिउने ।
एकै पटक धेरै खाना नखाने, थोरै थोरै चार पाँच पटक खाने ।
खानामा दुध, दाल, बिस्कुट, रोष्ट, भात, मुगको दाल, जाउलो खाने ।
फलफुलहरुमा जस्तै अङ्गुर, पाकेको केरा, स्याउ, गाजर खाने ।
प्रोटिनमा अण्डा, पनिर, दाल खान हुन्छ ।
अल्सर रोग लागेमा कस्तो खानेकुरा नखाने ?
अत्यधिक तातो र चिसो खानेकुरा नखाने ।
पिरो, मसलाको मात्रा धेरै भएको खानेकुरा नखाने, नुन चर्को, अमिलो दही र अमिलो महि नखाने ।
पेय पदार्थमा रक्सी, गाढा रङ हालेको चिया र कफि नखाने ।
तेलमा तारेको अत्यधिक चिल्लो खानेकुरा नखाने ।
अल्सर रोग लागेका रोगीहरुले ध्यान दिनुपर्ने कार्यहरु
धेरै बेर भोकै नबस्ने ।
ब्रत बस्दा बिमारी बढ्ने सम्भावना भए ब्रत नबस्ने ।
मानसिक चिन्ता तनाबहरु सबै छोडिदिने ।
राती धेरै बेरसम्म अनिदो नबस्ने ।
धेरै दुख्यो भनेर आफु खुसी औषधीको सेवन नगर्ने ।
कालो चियाको प्रयोग बिलकुलै नगर्ने ।
दिउँसो सुत्ने बानी भएमा पनि हटाउने ।
अल्सर रोगको आफैले गर्न सकिने उपायहरु
शारारिक र मानसिक रुपमा आराम गर्ने बानी बसाउने ।
खाना खाँदा कुनै चिन्ता नलिइकन आरामसँग खाने ।
तनाबको अवस्थामा नबस्ने, जतिखेर पनि रिसाएको जस्तो अनुहार नदेखाउने ।
हाँस्न सिक्ने र हाँसेर बस्ने ।
काम गर्दा गर्दै पेट पोल्न थाल्यो भने दुई चार वटा बिस्कुटहरु खाने ।
स्वास्थ्यताको लागि आवश्यक व्यायम गर्ने ।

No comments:

| Copyright © 2013 khabar chautari