यी लक्षणहरु देखापरेमा सावधान ! मिर्गौला बिग्रिदै गएको हुनसक्छ....


मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये मिर्गौला एक हो । मिर्गौला रोगका कारण नेपालमा वर्षौनी धेरै मानिसको ज्यान जाने गरेको छ । विकासशील राष्ट्रहरुमा जनचेतनाको कमीका कारण धेरै मानिसहरुको ज्यान गरेको तत्थ्याङक देखिन्छ । जीवन व्यवहारमा सामान्य सुधार गर्दापनि यो खतरनाक रोगबाट बच्न सक्छौं । शुरु मै यसको असर देखिदैन । जब देखिन्छ तब निकै भयानक भइसकेको हुन्छ । यो रोगले मानिसलाई विस्तारै विस्तारै आक्रमण गर्ने भएको हुनाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । त्यसकारण यस रोगको बारेमा पुर्वसावधानी अपनाउन एकदमै आवश्यक छ ।

यो रोगको लक्षणहरु यस प्रकार रहेका छन् ।

मिर्गौलामा भएको समस्याले गर्दा शरीरको टक्सीस बाहिर आउन पाउँदैन । त्यसले हाम्रो छालामा समेत असर ल्याउन सक्छ ।
मिर्गौलामा समस्या भएपछि रगतमा यूरियाको लेवल बढ्ने हुनाले त्यसले मुख गनाउने समस्या देखिन्छ ।
मिर्गौलामामा समस्या आएपछि रगतमा पानी र नुनको मात्रा बढ्ने गर्छ । जसले ब्लड प्रेशर बढ्ने गर्छ ।
शरीरको बिकास बस्तु बाहिर निस्कन नपाएपछि हमेसा टाउको दुखिरहेने, उल्टी आउने हुन्छ ।
मिर्गौला खराब हुनु लाग्दा बाराम्बार पिसाव आइरहन्छ । रातको समयमा झनै बढि हुने गर्छ ।
पिसाप गर्ने बेला निकै पीडा हुने गर्छ । दुखाईका कारण पिसाव नहुने पनि हुनसक्छ ।
पिसावबाट रगत वा साबुनको फिँज जस्तो आयो भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्न स्वास्थ्य विषेशज्ञहरुले बताएका छन् ।
मिर्गौलामाबाट हाम्रो शरिरलाई नचाहिने अनावश्यक विकारहरु बाहिर जान पाउँदैन । त्यसपछि ट्यूमरको रुप लिने गर्दछ । मिर्गौलाको भागमा दुख्ने र सुन्निने वा पेट फुल्ने समस्या हुन्छ ।
किड्नीको खराबीले गर्दा व्लडमा अक्सीजन प्रवाह हुन पाउँदैन । त्यसले गर्दा शरीर थकान र कमजोरी महसुस हुने गर्दछ ।
यो मिर्गौलाको विरामीको आम लक्षण हो । शरीरको सम्पूर्ण जोर्नीहरु दुख्छ ।

No comments:

| Copyright © 2013 khabar chautari