यी कम्पनीमा विर्सेर पनि काम गर्न नजानुस्, दुख पाइएला
काठमाडौं । सरकारले नेपाली कामदारमाथि शोषण गरेको भन्दै खाडीमुलुक र मलेसियाको ५८ रोजगारदाता कम्पनीलाइ कालोसूचीमा राखेको छ ।
कामदारलाई पारिश्रमिक तथा सेवा सुविधा नदिने र अलपत्र पार्ने काममा संलग्न गरेको पाइएपछि यी कम्पनीलाइ सरकारले कालोसूचीमा राखेको हो ।
कालोसूचिमा परेका कम्पनीमा नेपालका म्यानपावर एजेन्सीले कामदार पठाउन पाउने छैनन् ।
यी कम्पनीका लागि म्यानपावर एजेन्सीले मागपत्र ल्याए पनि वैदेशिक रोजगार विभागले श्रम स्वीकृती दिदैन । कालोसूचीमा पर्नेमा साउदी अरेबिया, कतार, संयुक्त अबर इमिरेट्स र मलेसियाका कम्पनीहरु छन् । कालोसूचिमा पर्नेमा सबैभन्दा बढी मलेसियाका ५२ कम्पनी छन् भने युएइको १ कतारका २ र साउदीअरेवियाका ३ कम्पनी रहेका छन् ।
मलेसियाका केएफसी होल्डिङ, एएचएम कन्सल्टेन्सी एन्ड सेक्युरिटी सर्भिस, एचएलएच बुड इन्डष्ट्रिज लगायतका कम्नी कालोसूचिमा परेको विभागले जनाएको छ।
यस्तै युइइको अलहमेद डेभलमेन्ट कन्सट्रक्सन कम्पनी तथा सायदी अरेवियाको महरा एचआर कम्पनी इस्टन हेरिटेज कन्ट्रयाक्टिङ कम्नी एन्ड जी, क्लिनिङ एन्ड पेस्ट कन्ट्रल कम्पनी र सिड हदि अल दोसारी इस्टाब्लिसमेन्ट फर कन्ट्रयाक्टिङ कम्पनी कालोसूचिमा परेका छन् । कतारको कता अरब कन्ट्रयाक्टर लिमिटेड र खलित बिन फाहद ट्रेडिङ एन्ड कन्ट्रयाक्टिङ कम्पनी कालोसूचिमा परको विभागल जनाएको छ ।




No comments: