दोहा । विगत तीन महिना देखि तलव नपाएर कतारमा अलपत्र परेका झण्डै १ सय ८५ नेपाली कामदारहरुलाई एभरेष्ट युथ एसोसियसन कतारका युवाहरुले खाद्यान्न सहयोग गरका छन् । तीन महिनासम्म तलव नपाएपछि इलयुसिड कम्पनीमा कार्यरत कामदारहरुले काम गर्न छाडेका छन् ।
अप्रिलबाट काम गर्न छाडेर नेपाल र्फकने पर्खाइमा रहेका कामदारहरुलाई खानका लागी समस्या परेको खबर पाएपछि एभरेष्ट युथ एसोसियसन कतारले सहयोग गरेको एसोसियसनका अध्यक्ष उत्तम गुरुङ्गले बताए । विहीबार राति पीडितहरुको क्याम्पमा नै पुगेर युवाहरुले ४० बोरा चामल , ३ बोरा दाल , ६० किलो मासु , तेल , तरकारी लगायतका अत्यावश्यक खाद्यान्नहरु सहयोग गरेको हो । एभरेष्ट युथ एसोसियसनको पहलमा सहयोग जुटाइएको थियो ।
एक्काइस महिना अघि सोही कम्पनिमा कार्यरत धनुषाका राम गिरी कतार आएर यसरी दुःख पाईएला भन्ने सोचेकै थिएनन् । उनी भन्छन ‘दुतावासले केही गर्छ की भन्न झिनो आशा लिएका छौ । आफैले टिकट काटेर नेपाल र्फकने अवस्था भए पनी र्फकने थियौ ।’ प्युठानका अमर १८ महिना देखी कतारमा छन । लगभग ४ महिनाको तलब पाएका छैनन् ।




No comments: