कुवेत पुगेको एक सातामै एक युवकको मृत्यु...



रोजगारीका लागि एक साता अघि कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । एक हप्ताअघि मात्रै नेपालबाट कुवेत गएका मुदी गाविस ९ बगरका २२ वर्षिय केशव तिलीजा मगरको मृत्यु भएको हो । पारिवारीक स्रोतका अनुसार शनिबार राती खान खाएर सुतेका तिलीजाको सुतेकै अवस्थामा मृत्यु भएको हो । बिहान नउठेपछि उनिसंगै कुबेत पुगेका नेपालीहरुले परिवारलाई खबर गरेका थिए । म्यानपावर कम्पनी मार्फत कानुनी प्रक्रिया पुरा गरेर कुवेत पुगेका तिलीजा कम्पनीमा काम सुरु गर्ने तयारीमा थिए । गरिबी, कमजोर पारिवारीक अवस्था, अस्थिरता र बेरोजगारीका कारण जिविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन बिदेश गएका तिलीजाको पुगेको हप्तादिन नपुग्दै निधन भएपछि परिवार र आफन्तजन शोकमा डुवेका छन् । शवलाई जतिसक्दो छिटो नेपाल ल्याउन पहल गरिदिन परिवारले कुवेत स्थित दुतावास, सम्बन्धित म्यानपावर कम्पनी र सरकारसंग आग्रह गरेका छन् । बिवाहीत तिलीजाका दुई सन्तान रहेका छन् ।

No comments:

| Copyright © 2013 khabar chautari