काठमाण्डौमा चक्का जाम, मारमा सर्वसाधारण...


गृह मन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी जारी गरेपनि यातायात मजदुर व्यवसायीले चक्काजामको कार्यक्रम आयोजना गरेका छन् । जसको प्रत्यक्ष मार सर्वसाधरणहरुमा परेको छ । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै बिहीबारका लागि चक्काजाम घोषणा गरेका हुन् । गृहमन्त्रलाय द्धारा मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालियको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहहित विभिन्न यातायात व्यवसायी संघ र मजदुर संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै बिहीबारको चक्काजामको पुर्वनिर्धारित कार्यक्रम फिर्ता नहुने जनाएका थिए । भाडाका सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा बन्द छन् । निजी सवारी साधनहरू भने सञ्चालनमा छन् । चक्काजाम बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । व्यवसायी र मजदुरले राजमार्गलाई शान्ति तथा बन्दमुक्त क्षेत्र घोषणा गर्न माग गर्ने गरेकोमा यसपटक उनीहरू आफैं बन्दमा उत्रियका छन् । ट्राफिक प्रहरीले नियम नमान्नेविरुद्ध जेठ १ गतेदेखि न्युनतम् ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना लगाउन सक्ने नियम लागू गरेको थियो । जरिवाना बढेपछि त्यसको बिरोधमा चक्काजामको घोषणा गरिएको हो ।
सामाजिक संजालहरुमा सर्वसाधरणहरुले आजको बन्दलाई अर्थपूर्ण मानिरहेका छैनन् । जसको जुन माग सहित बन्द गरेपनि त्यसको प्रत्यक्ष मारमा भने जनताहरुनै परिरहेका हुन्छन् । नेपालमा जे गरे पनि बन्द गर्ने प्रचलनको सदा बन्द हुनुपर्ने देशभक्त नेपालीहरुको चाहना रहेको छ ।

No comments:

| Copyright © 2013 khabar chautari