फेसबुकबाट गाँसिएको सम्बन्ध हत्यासम्म,,,



१६ तलाबाट खसाइयो र सहर घुमाउँदै गाडीभित्रै मारेर नगरकोटमा फालियो

काठमाडौं, १२ चैत । फेसबुकमा तीन महिनाअघि चिनजान भएका राजन राईसँग कपनकी भेनिसा लिम्बूको च्याटमा मात्र कुरा हुँदै आएको थियो। राईले ८ फागुनमा लिम्बूलाई फोन गर्दै भेट्ने प्रस्ताव राखे। लिम्बूले भेट्न बौद्धमा बोलाइन्।

तीनजना साथीसहित राई गाडीमा लिम्बूलाई भेट्न बौद्धगेटमा पुगे। ठमेलमा गएर केही समय रमाइलो गर्ने राईको प्रस्ताव स्विकार्दै लिम्बू गाडीमा बसिन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

लाइभ म्युजिक हुने ठमेलको हार्ड रक रेस्टुरेन्टमा गएर उनीहरूले बियर खाँदै रमाइलो गरे। करिब पाँच बजे ठमेल पुगेकोमा ११ बजेसम्म उनीहरू त्यहाँ बसे। भेनिसाले पनि बियर पिइन्।

सबैले मात्तिने गरी बियर पिएको प्रहरीले जनाएको छ। रेस्टुरेन्टमै राईसहित उनका साथीहरूले भेनिसामाथि अश्लील क्रियाकलाप गरेका थिए।

ठमेलबाट निस्किएर उनीहरू बौद्ध पुगे। राजन राई र सजित लामा गाडीबाट झरेर आ–आफ्नो घर गए । सनी लामा र गाडीधनी भने गाडीधनीको लाजिम्पाटस्थित अपार्टमेन्टतर्फ लागे।

लाजिम्पाटको हिटटेक अपार्टमेन्टको छैटौँ तलामा मासिक ५० हजार तिरेर गाडीधनी युवकले फ्लाट भाडामा लिएका थिए। बौद्धमा घर भए पनि ती युवकले जुवातास खेल्न र अवैध गतिविधि गर्न उनले फ्लाट भाडामा लिएको प्रहरीको भनाइ छ।

अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार छोटो भेटमा भेनिसासँग सनी निकट भइसकेका थिए। उनीहरू एउटा कोठामा बसे। सहमतिमै दुईजनाबीच शारीरिक सम्बन्ध पनि भयो।

रातको करिब १२ बजे फ्लाटका धनी युवक पनि भेनिसासँग सम्बन्ध राख्न कोठामा पुगेको, तर भेनिसाले नमानेको प्रहरीले जनाएको छ। ती युवकले जबर्जस्ती गर्न खोजेपछि भेनिसा भागेर बाथरुम पुगिन्।

बाथरुमभित्रै पसेर जबर्जस्ती गर्न खोज्दा नमानेपछि युवकले भेनिसालाई बाथरुमको झ्यालबाट धकेलिदिएको प्रहरीले जनाएको छ।

भेनिसा ६ तलामुनि भुइँमा खसिन् । सनी र अर्का युवक तल आएर भेनिसालाई गाडीमा राखे। उनी बेहोस अवस्थामा थिइन्। केही समयपछि उनको होस आयो।

तर, अस्पताल नपुर्‍याई त्यत्तिकै घुमाइरहे। उनले पानी मागिन् र एक बोतल पानी पिइन्। पानी पिएसँगै सनीको काखमा बान्ता गरिन्। त्यसपछि उनी नउठेको प्रहरीको भनाइ छ।

तीनजना पक्राउ

महानगरीय अपराध महाशाखाले घटनामा संलग्न तीनजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

बाथरुमबाट धकेलेर भेनिसाको हत्या गर्ने मुख्य दोषी युवक भने फरार रहेको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए।

घटनाको करिब एक महिनापछि सनी लामासहित राजन राई र सजित लामा पक्राउ परेका हुन् । घटनापछि फरार रहेका सजित र राजनलाई प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो।

No comments:

| Copyright © 2013 khabar chautari