मलेसियाले विदेशी कामदारको लेवी फेरि बढायो...



मलेसियामा कार्यरत विदेशी कामदारमाथि आर्थिक भार थपिएको छ । गएको
जनवरी २८ मा मलेसिया सरकारले यहाँ कार्यरत विदेशी कामदारका लागि बढाएको लेवी फेब्रुअरी
१६ मा स्थगित गरेको थियो । तर शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले लेवी बढाउने निर्णय लागु गर्ने निर्णय गरेको हो । सुरुमा धोषणा गरेको भन्दा अहिलेको शुल्कमा केही फेरबदल गरेको मलेसियाली सञ्चारमाध्यम ले जनाएका छन् । लेवी पहिले कै जस्तो दुई भागमा विभावजन
गरिएको छ । यसअघि निर्माण, उत्पादन तथा सेवाका लागि वार्षिक दुई हजार पाँच सय आरएम र
कृषी तथा जंगलमा काम गर्नेका लागि एक हजार पाँच सय आरएम प्रस्ताव गरिएको थियो ।
अहिले भने शुल्कमा फेरदल गरिएको छ । अब उत्पादन, निर्माण तथा सेवा क्षेत्रमा काम गर्नेले वर्षको एक हजार ८ सय ५० आरएम लेवी तिर्नु पर्नेछ । यसैगरी कृषी र जंगलमा काम गर्नेका लागि वार्षीक ६ सय ४० आरएम बनाइको छ । अहिले उत्पादन र निर्माण क्षेत्रमा एक हजार दुई सय ५० मात्र लाग्ने गरेको छ भने कृषीमा काम गर्नेले वर्षको चार सय १० आरएम र जंगलमा काम गर्नेले वर्षको पाँच सय ९० लेवी तिरीरहेको छन् । सेवा क्षेत्रमा काम गर्नेको भने लेवी बढाईको छैन ।
जनवरी २८ मा गरिएको लेवी बढाउने निर्णयको।यहाँका उद्योगी, व्यवसायीले चर्को बिरोध गरेका
थिए । बिरोधपछि सरकारले यहाका उद्योगीका विभिन्न २८ समूहसँग फेब्रुअरी १६ मा छलफल गरी लेवी बढाउने निर्णय तत्काल कार्यान्वय नगर्ने जनाएको थियो ।
शुक्रबारको मन्त्री परिषदको बैठकले अहिले लागु भइरहेको सबै अवैधानीक विदेशी कामदारलाई अहिले चलिरहेको अभियानमा मार्फत वैध हुन आग्रह पनि गरेको छ । यो अभियान आउँदो जुन ३० मा सकिने छ । यसबिचमा वैध हुने प्रक्रियामा सहभागी नहुनेलाई।त्यसलगतै कारबाही गरिने मलेसिया सरकारले जनाएको छ ।

No comments:

| Copyright © 2013 khabar chautari