अाजदेखि राजधानीमा चल्दै छ यस्तो ३९ वटा मेट्रो बस,,,



बस चढ्नका लागि कुर्न नपर्ने र एप्स हेरेर बस अाउने समय पत्ता लगाउन सकिने
तस्विर साैजन्य- महानगर यातायत प्रालि
काठमाडौं उपत्यकामा आजदेखि सुविधासम्पन्न मेट्रो बस चल्ने भएका छन। 
१६ करोडको लगानीमा महानगर यातायत प्रालिले ३९ वटा बस आजदेखि संचालनमा ल्याउन लागेको हो ।
काठमाडौंको बनस्थलीमा दिउँसो २ बजे विशेष कार्यक्रम गरी बस संचालनको सुरुआत गरिने महानगर यातायत प्रालिका सन्तोष खतिवडाले सेतोपाटीलाई जानकारी दिए।
बस चलेपछि उपत्यकामा भद्रगोल ट्राफिक व्यवस्थापामा केही सहज हुने अनुमान गरिएको छ। बसले चक्रपथ परिक्रमा गर्ने छ ।
लोकेसन ट्रयाकिङ सिष्टम सहितको मोबाइल एप्स पनि आजैबाट संचालनमा ल्याउने व्यवसायीहरुले बताएका छन् । जुन एप्सबाट यात्रुहरुले आफू बसेको स्थानबाट नजिकैको दुरीमा रहेको बस र यात्रुको संख्याबारे समेत जानकारी लिन सक्छन् ।
बस चढ्नका लागि कुर्न नपर्ने र एप्स हेरेर बस अाउने समय पत्ता लगाएर बस स्टपमा जान सकिने महानगर यातायत प्रालिले जनाएको छ।
बसमा उपलब्ध निशुल्क वाइफाइ तथा टेलिभिजनको सुविधा छ ।

No comments:

| Copyright © 2013 khabar chautari