काठमाडौं, चैत ६ – एउटा खुकुरीलाई कति रुपैयाँ सम्म पर्ला ? ५ सय, १ हजार, २ हजार वा ५ हजार ? तर भृकुटीमण्डपमा भइरहेको पाँचौं नेपाल अन्तर्राष्ट्रिय
व्यापार मेलामा बेच्न राखिएको एउटा खुकुरीको मोल १ लाख ११ हजार १ सय ११ रुपैयाँ तोकेको छ । व्यापार मेलाको एउटा स्टलमा भोजपूरे खुकुरी ह्याण्डिक्याप्टमा बेच्न राखिएको यो खुकुरी
नेपालकै ठूलो खुकुरी भएको सञ्चालक पूर्ण बहादुर विकको दाबी छ । उहाँका अनुसार यो खुकुरी
ह्याभी गाडीको २२ केजी स्प्रिङ पाताद्वारा बनाइएको हो । ‘२२ केजीबाट सुरु गरेको हो, पिट्दा, घोट्दा २ केजी जत्ति घटेको हुनसक्छ यसको तौल अहिले २० केजी छ ।’ विकले भन्नुभयो । यत्ति ठूलो खुकुरी पनि बन्दो रहेछ भनेर देखाउनका लागि खुकुरी बनाएको र यो सजाएर
राख्न राम्रो हुने उहाँको भनाई छ । पूर्ण बहादुरले खुुकुरीमा १४ अञ्चल ७५ जिल्ला र ५ विकासक्षेत्रको प्रतिक स्वरुप लम्बाइ ७५ इन्च, चौडा पाँच इन्च र १४ इन्चको बींड बनाउनुभएको छ ।
‘यो नेपालकै एउटा मात्र ठूलो खुकुरी बनाएको हुँ, नेपालमा भारतले नाकाबन्दी लगाएकै बेला दुई जनाले २४ दिन लगाएर तयार पारिएको हो ।’ पूर्णले भन्नुभयो । खुकुरी पिटेर, घोटेर हातैले बनाएको र कुनै मेसीनको प्रयोग नगरिएको उहाँले बताउनुभयो । भोजपूरे खुकुरी जापान र अमेरिकामा समेत निर्यात हुर्दै आएको छ । भन्सार तिरेर लैजादा समेत कहिलेकाँहि भन्सारका कर्मचारीले अनावश्यक दुःख दिने गरेको उहाँको अनुभव छ । ‘नेपाली श्रम र सीपले बनाएको सामान विदेश निर्यात गर्दासमेत कर्मचारी घुस माग्छन् । पैसा तिरे जान दिन्छ, नतिरे फर्काइन्छ । विदेशमा खुकुरी निर्यात हुनु नेपालको छवि विश्वभर फैलिनु पनि हो । किनकि खुकुरी राष्ट्रिय हतियार हो । त्यसैले राज्यले कि खुकुरी बनाउन पनि प्रतिबन्ध लगाउनुप¥यो, होइन भने हामीलाई प्रबद्र्धनका लागि
सरकारले पनि प्रयास गर्नुप¥यो ।




No comments: