माघ २५ | कर्मयुग कास्की – मगर चलचित्रकी नायिका
समेत रहेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले पक्राउ गरेको
छ । हत्याको अभियोगमा पोखरा नयाँ सडकका एक युवक पक्राउ परेको प्रहरी
स्रोतले बताएको छ । यसबारेमा प्रहरीले १ बजे पत्रकार सम्मेलन गर्ने कास्की
प्रहरी प्रमुख हरि बहादुर पाललेजानकारी दिए ।
प्रहरी स्रोतका अनुसार अभियुक्तले हत्या गरेको स्वीकार गरिसकेको छ ।
‘हेलमेटले हानेर नेहाको हत्या गरिएको अभियुक्तले स्वीकार गरेको छ,’ प्रहरी
स्रोत भन्छ । प्रहरी प्रमुख पालले भने यसबारे विस्तृत विवरण पत्रकार
सम्मेलनमा नै दिने बताए । मृतक पुन पोखराको न्युरोडस्थित
स्माईल क्याफेमा लेखामा कार्यरत थिईन् । दैनिक बिहान काममा जाने र
राती ७-८ बजे फर्कने उनी साँझ नफिर्किएपछि आफन्तले खोजी गरेका
थिए । माघ १९ गते विहान घर नजिकै हत्या
भएको अवस्थामा नेहाको शव फेला परेको थियो ।




No comments: