काठमाडौँ १० फागुन,नेपालमा पहिलो पटक सोलार प्यानल राखी स्कुटर संचालनमा ल्याइएको छ।
तनहुँका विकल्प ढुंगानाले दुई वर्ष लगाएर स्कुटरमा सोलार जोडेर चल्ने बनाएका हुन्। आज संवाद डबलीमा ढुंगानालाई प्रोत्साहन स्वरुप आयोजना गरिएको कार्यक्रममा यो स्कुटरको विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाल शुभारम्भ गरेका थिए।
स्कुटर चढेपछि मन्त्री थापाले अनुसन्धानकर्ता ढुंगाना जस्ता हजारौं उर्जाशील युवाहरुलाई नेपालमै अध्ययन र अनुसन्धान गर्ने वातावरण बनाउन आफू लागिपरेको बताए ।
ढुंगानाले आफ्नी आमाको नामबाट स्कुटरको नाम ‘विष्णु सोलार स्कुटर’ राखेको बताए ।
विष्णु सोलार स्कुटरमा स्मार्ट डिभाइस जडान गरिएको जसबाट मौसमको जानकारी लिन र हराएमा लोकेशन हेर्न सकिने छ । स्कुटर लगातार ६० किलोमिटरसम्म गुड्न सक्ने ढुंगानाले जानकारी दिए ।




No comments: