१० फागुन, क्वालालम्पुर । गैरकानुनी कामदारमाथि गत
शुक्रबारबाट सुरु भएको धरपकडका क्रममा १ सय ६१ जना
नेपाली पक्राउ परेका छन् ।
मलेसियाको सरकारी समाचार समिति बर्नामा ले
जनाएअनुसार मलाका क्षेत्रमा गरिएको धरपकडका क्रममा
यी नेपालीहरु पक्राउ परेका हुन् ।
अबैध कामदारलाई पुनः दर्ता अभियानसँगै मलेसिया सरकारले
दर्ता हुन नमान्ने अबैधानिक कामदारलाई पक्राउ गर्ने क्रम
तिब्र बनाएको छ । सो क्रममा अहिलेसम्म नेपालीसहित कुल
९७१ जना पक्राउ परेको अध्यागमन बिभागलाई उदृत गर्दै
समाचारमा जनाइएको छ ।
प्रहरीले राजधानी क्वालालम्पुरसहित नेपाली कामदारको
बढि घनत्व रहेको एपो, सेरेम्बान, साइबरजया, मलाका
लगायतका स्थानमा धरपकड गरेको थियो ।
१२ घण्टासम्म चलेको अपरेशनमा प्रहरीले २ हजार १ सय ८२
बिदेशी कामदारको परिक्षण गरेको थियो । त्यसमध्ये ९७१
अबैधानिक भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बताइएको
छ । मलाकाबाहेक अन्य स्थानमा कति नेपाली पक्राउ परे भन्ने
अहिलेसम्म खुलेको छैन् ।
मलेसिया सरकारले करिव २० लाख अबैध बिदेशी कामदार
मलेसियामा कार्यरत रहेको बताएको छ । उनीहरुलाई
बैधानिक बनाउने उदेश्यअनुरुप अहिले सरकारले अबैध कामदारको
दर्ता प्रकृया संचालन गरिरहेको छ ।




No comments: