फेरि ७ युवती विमानस्थलबाटै वेपत्ता...



काठमाडौं, ९ फागुन । श्रीलंकाको अध्यागमनले फार्कएका सात नेपाली युवतीलाई इन्डियन एयरलाइन्सका कर्मचारीको मिलोमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि भगाइएको छ । ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमनले इन्डियन एयलाइन्सबाट फर्काइदिएको थियो ।
विमानस्थलबाटै फरार हुनेमा लविन तामाङ, कमला तामाङ, मिङमार तामाङ, तेम्बासाङ्मु तामाङ, नागिज्योक तामाङ, छिरिङ शेर्पा र कमला तामाङ छन् । उनीहरु दोलखा र सिन्धुपाल्चोकका बासिन्दा हुन् ।
ती युवती किन श्रीलंका जान लागेका हुन् भन्ने केही खुल्नसकेको छैन । यसअघि अवैध रुपमा श्रीलंका हुँदै घरेलु कामदारका लागि कुवेत जान लागेकी नवलपरासीकी मालती विक पनि माघ २४ गते फरार भएको भन्दै इन्डियन एयरलाइन्सका कर्मचारीले अध्यागमनलाई जबाफ दिएका थिए । बिक फरार भएको बारे अनुसन्धान गर्न अध्यागमन विभागले छानविन समिति बनाएको छ ।

No comments:

| Copyright © 2013 khabar chautari