ठगीको आरोपमा पक्राउ...


काठमाडौं । झापा जिल्लाका युवाहरूलाई वैदेशिक रोजगारीमा र एफएममा काम लगाउने भन्दै ठगी धन्दामा संलग्न चर्तित ढुंगेल भनिने चन्द्रप्रसाद ढुंगेल पक्राउ परका छन् । सञ्चार उद्यमीसमेत रहेका ढुंगेलले बेरोजगार युवाहरूबाट लाखौं रुपैयाँ ठगी गरेको उजुर प्रहरीमा परेको छ ।
झापाको दुवागढी–४, चारआलीमा शुभलारी मिडिया प्रालिद्वारा सञ्चालित ग्लोवल एफएम ९५.४ मेघाहर्जका सञ्चालक ढुंगेल गत जेठबाट फरार भएका थिए । उनी सुनसरीको इटहरीबाट पक्राउ परेका हुन् ।
उनले बेरोजगार युवालाई रोजगारी दिने भन्दै एक जनाबाट २० हजारदेखि १ लाख रुपैयाँसम्म ठगी गरेको प्रहरीको भनाइ छ । उनले सातजनालाई ठगी गरेको उजुरी जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकमा उजुरी परेपछि प्रहरीले खोजी तीव्र बनाएको मेची अञ्चल प्रहरी प्रमुख एसएसपी केदार रिजालले बताए । पक्राउ परेका ढुंगेललाई दमक इलाका प्रहरीको जिम्मा लगाएको छ ।
झापासहित मेची अञ्चलका २० जनाभन्दा बढीबाट लाखौं रुपैयाँ ठगी गरेको भन्दै उनीमाथि थप अनुसन्धान हुने प्रहरी अधिकारीले बताए । ढुंगेलले लाइभ रेडियो नेटवर्क प्रालिको नाममा एफएममा जागिर खान चाहनेसँग धरौटी उठाएर दमकमा पनि ठगी गरेको अनुसन्धानको प्रारम्भिक चरणमा खुल्न आएको प्रहरीको दाबी छ ।
निजले झापाबाट इटहरी आएर स्थानीय एक एफएममा वार्षिक पाँच लाख रुपैयाँ तिर्ने शर्तमा कागज नै गर्दै तालिम सञ्चालन गर्दै थिए । प्रहरीले उनको सुराकी गर्दै पक्रन सफल भएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोख्रेलले बताए ।

No comments:

| Copyright © 2013 khabar chautari