बाँके गनापुर–४ बस्ने ३० बर्षीया असिया खानले तीन बच्चा जन्माएकी छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उनले तीन बच्चाको जन्म दिएकी हुन् । यो भन्दा पहिला पटक–पटक गर्भवती भएपनि गर्भ नरोकिएर निःसन्तान भएकी खानले संगै तीन बच्चा जन्माएको नेपालगञ्जबाट रईश शाहीले जनाएका छन् । उनका अनुसार आज नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उनको सफल सल्यक्रिया गरि उक्त बच्चाको जन्म भएको हो ।




No comments: