दाङमा स्कुलबस र माइक्रोबस ठोक्किएर दुर्घटना ज्यान गुमाउनेको संख्या ५ पुग्यो..


२२ पुस, दाङ । दाङको घोराही तुल्सीपुर सडकखण्डको सौलीकुलामा भएको सवारी दुर्घटना परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । २९ जना घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाएमा मध्ये धनबहादुर थापाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, एक पुरुष र एक बालक छन् । रा १ क ९९१ नम्बरको स्कुल बस र रा १ ज ३७२ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी २९ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बाक्लो हुस्सु लागेका कारण नदेखेर दुई सवारी आपसमा ठोक्किएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

No comments:

| Copyright © 2013 khabar chautari