विदेशमा मृत्यु भएका उदयपुरका दुई जनाको शव आज नेपाल आउँदै..



 रोजगारीको सिलसिलामा साउदी अरबमा गएको मंसिर ११ गते सडकमा काम गरिरहेका बेला भएको दुर्घटनामा परि मृत्यु भएका त्रियुगा १५ बाग्चौरीका लिलाभक्त कार्कीको शव मंगलबार नेपाल आइपुग्ने भएको छ ।
मृतकका भाइ कुवेर कार्कीले साउदी अरबमा सडक दुर्घटना परि मृत्यु भएका कार्कीको शव मृत्यु भएको झण्डै डेढ महिनापछि मात्र नेपाल आउन लागेको बताएका छन् । लिलाभक्त कार्की गएको चैतमा वैदेशिक रोजगारीकालागि साउदी अरबको अल तेजारत कम्पनीमा गएका थिए ।
यस्तै शान्ति सेनामा लेवनान पुगेका उदयपुरको त्रियुगा १ बासबारीका ३४ वर्षीय भरत कार्कीको पेट दुखेर अस्पताल लैजाँदै गर्दा असोज ४ गते लेवनानमा मृत्यु भएको मृतकको काका योगराज कार्कीले बताएका छन् ।
दिदी इन्दिरा कार्कीले भरतको शव मंगलबार उदयपुर पुर्याइने जानकारी दिएकी छन् । २०६२ सालमा उदयपुरबाट सेनामा भर्ति भएका कार्की चितवनबाट लेवनान जान छनौट भएका थिए । भरतका श्रीमती, एक छोरा र एक छोरी छन् ।

No comments:

| Copyright © 2013 khabar chautari