गुडिरहेको डिलक्स बसमाथि तोडफोड गर्दा १० जना घायल...



रुकुम यातायात प्रालिद्धारा संचालित गुडिरहेको डिलक्स बसमाथि दाङको धानखोलामा एक्कासी आक्रमण हुँदा १० जना यात्रु घाइते भएका छन् भने बसमा क्षति पुगेको छ । २०÷२२ जनाको समूहमा आएको एक हुलले गुडिरहेको बसमा तोडफोड गर्दा करिब ३ लाखको क्षति भएको प्रा.लि.का अध्यक्ष केशव रावलले जानाकारी दिएका छन् । काठमाडौंबाट रुकुमका लागि छुटेको ना.५ ख ५७६५ नम्बरको डिलक्स बसमाथि विहान करिव ३ वजेको समयमा आक्रमण भएको थियो ।
प्रा.लि.ले राप्ती समितिले बस तोडफोड गरेको आरोप लगाएको छ । यसअघि पनि विभिन्न समयमा ६ पटक रुकुम प्रा.लि.द्धारा संचालित सवारीसाधनमा राप्ती समितिले गरेको तोडफोडका कारण ४ लाख बढीको क्षति भएको प्रा.लि.ले दाबी गरेको छ ।
एकाविहानै यात्रु बोकेको बसमाथी भएको आक्रमणबाट बसका अगाडि र साइडको सिसा फुटेपछि यात्रुहरुको यात्रा चिसोले कष्टप्रद भएको प्रा.लि.ले बताएको छ । यात्रुहरु वोकेर गुडिरहेको बसमाथि ढुङ्गा प्रहार गर्दा बस क्षतिग्रस्त वनेको प्रालिले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय दाङले आफनो एरीयामा गाडि तोडफोड नभएको बताएको छ । कपिलबस्तुमा तोडफोड भएको हुन सक्ने भन्दै दाङ जिल्ला प्रहरी प्रमुख कुबेर कडायतले आफनो एरीयामा त्यस्तो घटना नभएको बताए । यता रुकुम प्रा.लि.ले प्रहरीको बलमा राप्ती समितिले दाङमा विभिन्न समयमा आक्रमण गर्ने गरेको आरोप लगाएको छ । सरकारले सवै समितिहरुलाई प्रालिमा लैजाने बताइरहेका बेला प्रालि संचालनमा अवरोध गर्दा समेत सरकारले कुनै चासो नदेखाएको रुकुम यातायात प्रालिका महासचिव सरोज देवकोटाले बताए ।

No comments:

| Copyright © 2013 khabar chautari