१३ माघ, इलाम।
इलाम नगरपालिका–२ स्थित थेबेचोक नजिकै रहेको गाउँबाट अपाङ्गता भएकी एक बालिकालाई खोरमा थुनेर राखिएको अवस्थामा उद्धार गरिएको छ । रातभरि चिच्याउने, रुने तथा कराउने गरेका कारण परिवारले उनलाई घरभन्दा केही माथि बाख्राको खोरमै सानो कोठा बारेर थुनेर राखेको अवस्थामा मङ्गलबार उद्धार गरिएको हो ।
स्थानीयवासी नरबहादुर लुम्रे (मगर)ले आफ्नै छोरी धर्मकुमारीलाई खोरमा थुनेर राखिएको अवस्थामा मानवअधिकारकर्मी, अपाङ्गता क्षेत्रमा क्रियाशील सङ्घसंस्था, जिविस, सञ्चारकर्मी र प्रहरी प्रशासनको सहयोगमा खोरबाट उद्धार गरी उनलाई घरमा राख्ने वातावरण मिलाएको छ । जन्मदै मानसिक समस्या भएकी किशोरीलाई वर्षाैंदेखि खोरमा थुनिएकाले उनका हातगोडा कुँजिएका र चल्न सक्दैनन् । “रातभर रोइकराइ गर्थी, खप्न नसकेर बाबुले नै खोरमा थुनेर जानुभएको हो”, उनकी कान्छी आमा खिमकुमारीले भने ।




No comments: