बोक्सि लागेको भन्दै झाँक्रीले १४ महिने बच्चालाई फाली र ढुंगा तताएर डामे...



पाँचथर फाक्लुङका एक १४
महिनाको बालकलाई बोक्सि लागको भन्दै
झाँक्रीले फाली र ढुंगा तताएर डामिदिएका छन् ।
धनबहादुर राईका १४ महिनाका बालक दिपसन
राईलाई झाँक्रीले उपचार गर्ने क्रममा डामिदिँदा
शरीरको पछाडी जलेको छ ।
झाडा पाखाल लागेर विरामी भएका बच्चालाई
विझुवा लागेको भन्दै पिठ्युमा डाबिदिएका थिए ।
विझुवाले डामेपछि घाइते भएर सिकिस्त बच्चालाई
डामेको १२ दिन भइसक्दा पनि उपचारका लागि
लगिएको छैन ।
झाडापखालाले सिकिस्त भएका बच्चालाई
डामेपछि निको हुन्छ भन्दै झाँक्रीले डामेपछि
बच्चाको स्थिति झनै बिग्रीएको छ । डामेपछि
बच्चालाई सन्चो हुन्छ भनेर दुईजना झाँक्रीले
बताएपछि बच्चालाई तताएर राखिएको ढुंगामा
राखिएको र फाली तताएर डामेको आमा उर्मिला
राईले बताउनुभयो । बच्चाको शरिरको पछिल्लो
भागमा डडेर घाउ भएको छ । उपचार नहुँदा घाउ पाक्न
थालेको छ । कडा बोक्सि लागेकाले डामेर मात्र
निको हुने भनेपछि यस्तो घटना भएको स्थानीय
बासिनदाले बताएका छन् ।
मंगलवार वडा नागरिक मञ्चको बैठकमा कुरा उठेपछि
मात्रै घटना सार्वजनिक भएको हो । बच्चाको घाउ
गम्भीर किमिसको छ । वडा नागरिक मञ्चका
अध्यक्ष इन्द्रबहादुर राईका अनुसार बच्चाको घाउ
जटिल बन्दै गएको छ । ढिलो गरी थाहा पाइएकाले
अब उपचार गर्नेबारे परिवारसँग सल्लाह भइरहेको उहाँले
जानकारी दिनुभयो ।

No comments:

| Copyright © 2013 khabar chautari