एक महिलाले जन्माइन् एकैपल्ट ४ सन्तान...



जुम्ल्याहा सन्तान जन्माएर दुवैलाई जन्मनासाथ गुमाएकी एक महिलाले एकै पटक ४ सन्तानलाई जन्म दिएकी छन् । गुल्मीकी २६ वर्षीया गीता कुँवरले एकै पटकमा जन्माएका ४ सन्तान स्वस्थ रहेको लुम्बिनी मेडिकल कलेजका डा विनिता थापाले बताइन् ।
गीताले बिहिबार बिहान पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा शल्यक्रियामार्फत उक्त बच्चा जन्माएकी हुन् । जन्मेका चारजना बच्चामध्ये दुई छोरा र दुई छोरी रहेका छन् ।
जसमध्ये एक छोरा र एक छोरीको तौल एक किलो सात सय ग्राम छ भने अन्य दुई बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको बताइएको छ । चारैजना बच्चालाई डा थापा, डा श्रीयसी अर्याल, डा दीपक श्रेष्ठलगायतको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर निकालेका हुन् ।

No comments:

| Copyright © 2013 khabar chautari