- प्रहरीले भिजिट भिसामा थाइल्याण्ड जान लागेका ८ जना युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरेको छ । अपराध अनुसन्धान महाखाको टोलीले थाइ एयवेजबाट थाइल्याण्ड लग्न थालिएको अवस्थामा उनीहरुको उद्धार गरेको हो ।
महाशाखाका प्रवक्ता सहकुल थापाले सेटिङ मिलाएर युवतीलाई थाइल्याण्ड पुर्याउने २ जनालाई पक्राउ समेत गरिएको बताए । काठमाडौंका प्रकाश केसी र नुवाकोटका सुर्यमान श्रेष्ठलाई पक्राउ गरिको उनले बताए । 'थाइ एयरवेजबाट थाइल्याण्ड जान युवतीहरु वोर्डिङ पास लिएर उड्न ठिक परेका थिए' उनले भने,' विशेष सूचना पाएर उद्धार गरेका हौं ।'
उनीहरुलाई थाइल्याण्ड पुर्याएर कुवेत र दुवई लैजान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए । अधिकांस युवती भैरहवा, बुटवलतिरका रहेको उनले बताए । 'सामन्य लेखपढ पनि नजान्ने छन्' उनले भने, 'दुवई र कुवेतमा लगेर घरायसी काममा लगाउनलाई होला ।' अभियुक्त केसी र श्रेष्ठ विरुद्ध मानव वेचन विखन विरुद्धको मुद्दा चलाइने उनले बताए । युवतीहरुलाई माइती नेपालमा राखिएको छ ।




No comments: